रसुवामा आएको भीषण बाढीका कारण रसुवागढी भन्सारमा ठूलो क्षति पुगेको छ । भन्सार कार्यालयमा ३६ स्थायी दरबन्दी रहेकोमा हालसम्म आधा पनि सम्पर्कमा नआएको भन्सार विभागले जनाएको् छ ।
बिज्ञापन
भन्सार विभागका अनुसार,भन्सार कार्यालयका करिब दुई दर्जन कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् । बाढीले भन्सार जाँचपासका लागि राखिएका करिब ५०० वटा नयाँ गाडीहरू बगाएको प्रारम्भिक अनुमान गरिएको छ ।
बिज्ञापन
भन्सार विभागका अनुसार, रसुवा भन्सारमा ३६ जना स्थायी कर्मचारी रहेकोमा प्रमुख भन्सार प्रशाशक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् । चार जना, करार र ज्यालादारी कर्मचारी रहेकोमा एक जना सम्पर्कमा आएका छन् । ११ जना स्थायी कर्मचारी र तीन जना करार र ज्यालादारी कर्मचारीको खोजी जारी छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























