पुण्य कर्ममा ब्रह्माकुमारी : आठ हजार छ सय ९४ पिन्ट रगत संकलन

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले राजयोगिनी प्रकाशमणि दादीको १९औँ पुण्य स्मृति दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा आठ हजार छ सय ९४ पिन्ट रगत संकलन गरिएको छ। केन्द्रले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा यही भदौ ५ गतेदेखि ९ गते सम्म आयोजना गरेको राष्ट्रव्यापी बृहत् रक्तदान कार्यक्रममा देशभर रगत संकलन गरिएको हो । ब्रह्माकुमारीकी पूर्व मुख्य प्रशासिका प्रकाशमणिको सम्झनामा समाजमा आध्यात्मिक जागरण र मानवीय मूल्यमान्यता फैलाउने उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रम सहित विश्व बन्धुत्व दिवस मनाइएको छ ।

बिज्ञापन

केन्द्रद्वारा आयोजित कार्यक्रममा उहाँले विश्व शान्ति तथा मानव कल्याणका लागि पुर्याउनु भएको योगदानको समीक्षा गरिएको हो। केन्द्र प्रमुख राजयोगिनी राज दादीले आध्यात्मिक दर्शन तथा साहित्यलाई अन्तर्राष्ट्रिय तहमा विस्तार गरी नैतिक मूल्य प्रवर्द्धनमार्फत विश्व बन्धुत्व कायम गरेका प्रकाशमणिको योगदानको प्रशंसा गर्नुभयो ।

बिज्ञापन

केन्द्रका उपाध्यक्ष रामभाई सिंह ऐरले संस्थाको मूल उद्देश्य तथा सामाजिक गतिविधिबारे जानकारी दिँदै केन्द्रले महिला सशक्तीकरण, पारिवारिक सद्भाव, युवा पुस्तामा नैतिक मूल्यको विकास तथा सामाजिक चेतना अभिवृद्धिमा उल्लेखनीय योगदान दिएको बताउनुभयो ।केन्द्रका कोषाध्यक्ष किशोर मल्लले प्रविधिको प्रयोगसँगै तीव्र प्रतिस्पर्धात्मक र तनावपूर्ण जीवनशैलीमा राजयोग ध्यान मानसिक सन्तुलन कायम राख्ने प्रभावकारी माध्यम बनेको उल्लेख गर्नुभयो। उहाँले ध्यानले मनलाई शान्त, एकाग्र र सकारात्मक बनाउँदै नैतिक निर्णय क्षमता विकास गर्न विचार व्यक्त गर्नुभयो।

नेपाल क्यान्सर अस्पतालकी कार्यकारी प्रमुख स्वरूपा श्रेष्ठले आध्यात्मिक शिक्षाका माध्यमबाट नैतिक सोच तथा निःशुल्क राजयोग ध्यानको विकासमा प्रकाशमणिले निर्वाह गर्नुभएको भूमिकाको सराहाना गर्नुभयो। समाजसेवी राज्यलक्ष्मी शाक्यले योग ध्यानले शारीरिक तथा मानसिक सन्तुलनमा सकारात्मक दृष्टिकोण विकस गर्ने र प्रत्येक व्यक्तिभित्र रहेको सकारात्मक शक्ति जागृत गर्दै समाज रूपान्तरणमा योगदान गर्न सकिने उल्लेख गर्नुभयो ।

बिज्ञापन

समारोहमा विभिन्न क्षेत्रका व्यवसायी, समाजसेवी, बुद्धिजीवी, साधक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो । देशभर करिब एक हजार पाँच सय केन्द्र स्थापना गरिएको तथा ती संस्थाले नियमित रूपमा निःशुल्क राजयोग ध्यान, आध्यात्मिक ज्ञान तथा गीता सारसम्बन्धी कक्षा, तनाव व्यवस्थापन तथा सकारात्मक सोचसम्बन्धी प्रशिक्षण, युवा तथा विद्यार्थी लक्षित नैतिक शिक्षा कार्यक्रम, विश्वशान्ति र सामाजिक सद्भावसम्बन्धी जनचेतनामूलक कार्यक्रम, साथै रक्तदान, स्वास्थ्य सचेतना र वृक्षारोपणजस्ता सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उद्धार- राहतलाई प्रभावकारी बनाउन ८ सहसचिवलाई फरक फरक जिम्मेवारी

बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

बाढी प्रभावितलाई महालक्ष्मी नगरपालिकाको ३० लाख सहयोग,कर्मचारीको सात दिनको तलब कट्टा

बाढीपछि भन्सारका १५ कर्मचारी वेपत्ता,खोजी जारी

सेनाको हेलिकोप्टरबाट १२३ जनाको उद्दार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित क्षेत्र प्रस्थान

ट्रेड युनियनका भवन र सम्पत्ति जफत नगर्न सरकारलाई आदेश

गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक

बिशेष