रसुवामा भीषण बाढी : कहाँ- कहाँ भयो क्षती ?

रसुवा बाढीले नुवाकोटका बेत्रावती, त्रिशुली, देवीघाटलगायतका क्षेत्रमा व्यापक क्षति भएको छ । तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आउँदा रसुवा,नुवाकोट,धािदङ,चितवन लगायतका जिल्लामा जनधनको क्षती हुन पुगेको हो । भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लामा मा अकल्पनीय क्षति पुर्याएको छ । आज बिहान ९ बजे रसुवा जिल्लाको टिमुरे बजारमा आकस्मिक बाढी आएको हो । सो बाढीले अहिलेसम्म रसुवा र नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ । यो क्षतिको सघन असर मुग्लिङसम्म पर्ने गृह प्रशासनले जनाएको छ । त्रिसुली नदी जोडिएका सबै तटीय क्षेत्र जोखिममा रहेको भन्दै सतर्कता अपनाउन गृह प्रशासनले आग्रह गरिएको छ ।

बिज्ञापन

रसुवा बाढीले नुवाकोटका बेत्रावती, त्रिशुली, देवीघाटलगायतका क्षेत्रमा व्यापक क्षति पुगेको रसुवा र नुवाकोटका जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन । जिल्ला प्रशासन कार्यालय रसुवा र नुवाकोटका अनुसार, नुवाकोटका प्रमुख बजारहरू बेत्रावती, त्रिशुली, ढुङ्गे र देवीघाट क्षेत्र प्रभावित भएका छन्। बेत्रावती बजारदेखि तल देवीघाटसम्मकै तटीय क्षेत्रहरूमा बाढीले क्षति पुर्‍याएको खबर आएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जनाएका छन् ।

बिज्ञापन

भोटेकोशी बाढीका प्रभावित क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये १६ प्रहरी सम्पर्कमा छैनन् । टिमुरेबाट पाँच जना प्रहरी सम्पर्कमा आएका छन् । बाढीका कारण रसुवाका ३ वटा प्रहरी कार्यालयमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी रसुवागढीमा क्षति पुगेको छ ।

यता भन्सार कार्यालयमा कार्यरत १३ भन्दा बढी कर्मचारी सकुशल रहेको भन्ने जानकारी आएको छ तर भन्सार कार्यालयको अवस्थाका बारेमा जानकारी प्राप्त हुन सकेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

बाढी प्रभावितलाई महालक्ष्मीको ३० लाख सहयोग,कर्मचारीको सात दिनको तलब कट्टा

बाढीपछि भन्सारका १५ कर्मचारी वेपत्ता,खोजी जारी

सेनाको हेलिकोप्टरबाट १२३ जनाको उद्दार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित क्षेत्र प्रस्थान

ट्रेड युनियनका भवन र सम्पत्ति जफत नगर्न सरकारलाई आदेश

गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक

बुढानीलकण्ठ नगरपालिकाद्धारा प्रभावितका लागि १५ लाख ७२ हजार सहयोग

बिशेष