साइमेक्स इंकलाई भन्सार छलेर ल्याएको गाडीको १९ करोड २७ लाख १७ हजार २५ रकम दाखिला गरेको छ । अर्थ मन्त्रालयबाट चुहिएको सूचनाका आधारमा बीवाईडीले बजेट भाषणको अघिल्लो दिनसम्म मुस्ताङको कोराला नाकाबाट कुल ६४९ वटा ईभी जाँचपास गराएको थियो भने रसुवा भन्सारबाट समेत यसैगरी गाडी आयात गरिएको थियो । सो कम्पनीले बजेट भाषणको पूर्व सन्ध्यामा भन्सार यार्डमा आइ नपुगेका गाडी कागजी रुपमा आइसकेको देखाएर जाँचपास गराइएको थियो। यसरी कागजी रुपमा मात्र सामान आएको देखाएर भन्सार पास गरिँदा सरकारलाई करोडौँ रुपैयाँ नोक्सान भएको थियो । सो कम्पनीले जेठ महिनामा मात्र सो कम्पनीले रसुवा भन्सार नाकाबाट १३ सय ९६ वटा गाडी जाँचपास गराएकोमा पछिल्लो दुई सातामा ११ सयभन्दा बढी युनिट गाडी जाँजपास भएको तथ्यांक सार्वजनिक भएको थियो । सो बिषयमा छानबिन गर्न अर्थ मन्त्रालयले छानबिन समिति नै बनायो । उक्त समिति रसुवा पुगेर स्थलगत अध्ययन अनुसन्धानको क्रममा भन्सार कार्यालयबाट सवारीसाधन भन्सारमा भौतिकरूपमा आइनपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला परेसँगै कार्यालय प्रमुखसहित १३ जनालाई निलम्बनै गरियो ।
बिज्ञापन
यो प्रकरणमा बीवाईडीले कर्मचारीहरुसँगको मिलेमतोमा राजस्व छली गरेको तथ्य बाहिरिएको छ । सो राजश्व तिर्न भन्सारले पत्राचार गरेपछि त्यसविरुद्ध बीवाईडी बिक्रेता साइमेक्स इंककी सञ्चालक यमुना श्रेष्ठ गएको असार ३१ मा उच्च अदालत पुगेकी थिइन तर उच्च अदालत पाटनका न्यायधीशद्धय स्वीकृति पराजुली र अच्युत कुइकेलको इजलाशले यमुनाको माग अनुसार अन्तरिम आदेश दिन इन्कार गरेसगै भन्सारले निर्धारण गरे अनुसार कर तिरेको हो ।
बिज्ञापन
रसुवा भन्सार कार्यालयबाट नेपाल भित्र्याएका सयौंका संख्याका सवारीमध्ये १९ करोड रकम भन्सार कार्यालयले काटेको पत्रका आधारमा रसुवा भन्सार कार्यालयमा दाखिला गरेको भन्सार स्रोतले जनाएको छ । रसुवा भन्सार कार्यालयले गएको असार १९ गते चिनियाँ गाडी बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिको नाममा छुट रकम दाखिला गरी सवारीसाधन छुटाएर लैजान पत्र काटेको थियो । यसरी सामान भित्र्याइँदा करोडौं राजश्व छली भएको बिषय बाहिरिएपछि होल्डिङमा रहेका सवारी लैजान भन्दै अदालत समेत पुगेको थियो । अदालत पुग्दा उसले मुस्ताङ भन्सारको नजिर पेश गरेको थियो । मुस्ताङ भन्सार कार्यालयबाट होल्ड गरिएका सवारीसाधन जेठ ३० मै फुकुवा भएको थियो ।
तर भन्सार कार्यालयले एटो वान र सिलायन सेभेनका गरी सयौं संख्यामा रहेका युनिटका बीवाईडीका गाडीबाट १९ करोड बढी छुट रकम बुझाउन कार्यालयले पत्र काटेको थियो । भन्सार विभागको सोही पत्र अनुसार गत शुक्रवार रसुवा भन्सार कार्यालयमा सो रकम दाखिला गरेको हो ।
बिज्ञापन
यो प्रकरणले अर्थ मन्त्रालयको छानबिन समितिले मुस्तॉङको कोराला नियमसंगत’ भनेर चोख्याउने प्रयास गर्यो। तर, रसुवा भन्सारको यो पछिल्लो पत्रले अर्थमन्त्रीको बचाउलाई झुटो सावित गरिदिएको छ र बीवाईडीले कर्मचारीको मिलेमतोमा कागजी रूपमा पहिले नै जाँचपास देखाएर पछि गाडी भित्र्याएको तथ्यलाई पुष्टि गरेको छ ।

























