छोरीलाई बाँच्न देऊ,
बिज्ञापन
उसलाई पनि संसार देख्न देऊ,
बिज्ञापन
आमाको काखमा मुस्कुराउन देऊ,
बाबाको हात समाई हिँड्न देऊ!!
बिज्ञापन
छोरी कमजोर होइन,
उनी त साहसकी पहिचान हुन्,
घरको उज्यालो,
समाजको शक्ति,
भोलिको सुन्दर बिहान हुन्!!
किन छोरी जन्मिँदा प्रश्न उठ्छ?
किन उसको सपनामा बन्देज लाग्छ?
छोरा र छोरीमा भेदभाव नगर,
दुवैलाई समान अवसर देऊ!!
उसको कलम नछेक,
उसको आवाज नरोक,
उसको पखेटा नकाट,
आकाश छुने सपना देख्न देऊ!!
छोरीलाई शिक्षा देऊ,
आत्मनिर्भर बन्ने बाटो देऊ,
हिंसा, अन्याय र अत्याचारबाट उसलाई सुरक्षित संसार देऊ!!
आजकी छोरी,भोलिकी आमा हुन्,
भोलिकी शिक्षक, डाक्टर र नेता हुन्,
देश बनाउने शक्ति हुन् उनी,
समाज परिवर्तन गर्ने चेतना हुन्!!
त्यसैले हात जोडेर भन्छु
छोरीलाई बाँच्न देऊ,
छोरीलाई पढ्न देऊ,
छोरीलाई अघि बढ्न देऊ,
छोरीको सपना पूरा हुन देऊ!!!!
छोरी बोझ होइन, वरदान हुन्,
छोरीलाई बचाऔँ, छोरीलाई पढाऔँ,
हिम्सा,अन्याय र अत्याचारलाई अन्त्य गरौं ,
छोरीलाई सम्मान गरौँ, छोरीलाई सुरक्षा दिउँ !!!!!
अमृता कार्की सोलुखुम्बु

























