सरकारी सफ्टवेयर सरकारले नै बनाउने,३० जना कर्मचारी रहने

सरकारले विभिन्न निकायका लागि आवश्यक पर्ने सफ्टवेयर आफैँ निर्माण तथा सञ्चालन गर्ने भएको छ । सूचना प्रविधि प्रणालीमा वैदेशिक परनिर्भरता बढ्दा सुरक्षा र अपग्रेडमा समस्या आएको उल्लेख गर्दै सो काम गर्ने गरी सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ स्थापना गर्ने कार्य अगाडि बढेको छ । अस्ति बसेको क्याविनेटले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश’ स्वीकृत गरेसँगै उक्त केन्द्र स्थापनाको कानुनी प्रक्रिया अघि बढेको छ ।

बिज्ञापन

अस्तिको मन्त्रिपरिषद्को बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३’ स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आदेश स्वीकृत गरेसँगै अब सरकारी निकायका लागि आवश्यक पर्ने सफ्टवेयरको विकास, सञ्चालन र मर्मतसम्भारका लागि छुट्टै अधिकारसम्पन्न संयन्त्र बन्ने भएको हो । सो काम अगाडि बढाउनका लागि प्रधानमन्त्रीको शासकीय मामिला हेर्ने सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति समेत गठन गरिएको छ । जहाँ सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका प्रमुख, अर्थ मन्त्रालयका सहसचिव र प्रधानमन्त्री कार्यालयको आईटी महाशाखाका सहसचिव सदस्य रहनेछन् । केन्द्रका कार्यकारी निर्देशकलाई समितिको सदस्य सचिव तोकिएको र केन्द्रका लागि तत्काल ३० जना निजामती कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ ।

बिज्ञापन

जसमा सफ्टवेयर डेभलपर, सिस्टम एनालिस्ट र सेक्युरिटी एनालिस्टसहितका प्रविधि विज्ञ निजामती कर्मचारी रहनेछन् । निजामती दरबन्दी बाहेक थप आवश्यक पर्ने विशेषज्ञ जनशक्तिलाई भने केन्द्रले निश्चित अवधिका लागि सम्झौतामा लिन सक्ने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी सफ्टवेयर सरकारले नै बनाउने,३० जना कर्मचारी रहने

सञ्चार सचिवमा राजेन्द्र पौडेल

यता प्राविधिक सचिवको दरबन्दी कटौती,उता काटियो प्रशासनको

सुदूरपश्चिम शयरमा मन्त्री रावल : सुन्नेछिन सहकारीदेखि भूमिहीनका समस्या

प्रस्तावित निजामती ऐनको तरंग : चार महिनामै ३ सचिव,७० सह सचिवसहित ३७६ को राजीनामा

गृहका तीन सहसचिव सरुवाको अन्तर्य : पञ्जीकरणको ठेक्का

टेण्डर विनै सोल्टीलाई संसदको ठेक्का

८० बर्षे महेश्वरभक्तको नियुक्ति बदर,किशोर थापामाथि उठ्यो प्रश्न

बिशेष