एनआईएमबी बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको प्रकरणलाई लिएर प्रहरीको खोजीमा रहेका पाण्डेलाई काठमाडौं जिल्ला अदालतले धरौटीा छाड्न आदेश दिएको हो ।
बिज्ञापन
सरकारी स्वामित्वमा आउन लागेको स्मार्ट सेल प्रकरणमा जोडिएर फरार रहेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ,अध्यक्ष सहितका उच्च पदस्थ कर्मचारीहरु विवादमा मुछिएका थिए । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबीएल) ले सरकारी नियन्त्रणमा आइसकेको स्मार्ट सेलको सम्पत्तिलाई २०८२ असोजमा ४ अर्ब ६० करोड रुपैयाँमा एनसेललाई लिलामी गरसँगै यो प्रकरणमा सरकारी वकिलको कार्यालयले २२ जना प्रतिवादी बनाउँदा सो बैंकका सात जना परेका छन्,जसमध्येका हुन बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे लगायत । यी दुईमध्ये अध्यक्ष पाँडेले पक्राउ पर्नबाट जोगिन सर्वोच्च अदालतबाट साउन २१ मा अन्तरिम आदेश पाएका थिए ।
बिज्ञापन
सीईओ पाण्डेलाई सर्वोच्च अदालतले जेठ १ गते हाजिर जमानीमा रिहा गर्न आदेश दिएको थियो । यस अघि गत वैशाख २९ गते सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ६ स्थित बसपार्कबाट पक्राउ परेका थिए । अध्यक्ष पाँडे लामो समय लुक्दै र भाग्दै हिंडेपछि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण पक्राउ पर्नबाट जोगिदैं आएका पाण्डेलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले ८० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।


























