विश्वासको मत खोज्दै बागमती र लुम्बिनीको मुख्यमन्त्री

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरुले आज विश्वासको मत लिँदैछन् ।

बिज्ञापन

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाउन प्रदेश सभा सचिवालयलाई पत्राचार गरेका छन्।

बिज्ञापन

सरकारमा सहभागी नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका छन् । बागमती प्रदेश सभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट र एमालेको २५ सिट र अन्य राप्रपाको १२, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट छ । बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेश सभा सदस्यको बहुमत पुर्‍याउनुपर्ने हुन्छ ।

बानियाँले प्रदेश सभाको जारी दोस्रो कार्यकालको ३ वर्ष ९ महिनाको अवधिमा मुख्यमन्त्रीले छैटौँ पटक विश्वासको मत लिन लागेका हुन्। यसअघि विभिन्न समयमा मुख्यमन्त्रीहरूले ५ पटक विश्वासको मत लिइसकेका छन्।

बिज्ञापन

उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आजै विश्वासको मत लिँदैछन् । सो प्रदेशमा पनि नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

हिजो रातिमात्र एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, नेकपाका प्रदेश इन्चार्ज चक्रपाणि खनाल बलदेव, पूर्वमुख्यमन्त्री तथा संसदीय दलका नेता जोखबहादुर महरासहितका नेताहरू बसेर साना दलहरूको समर्थन जुटाउने र सरकार संचालनको रणनीति बनाउन मुख्यमन्त्री आचार्यलाई निर्देशन दिइसकेका छन् । लुम्बिनी प्रदेशसभामा कुल ८३ जना प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । एमाले नेता आचार्य ७ साउन २०८१ मुख्यमन्त्री नियुक्त भएका थिए।

यसैबीच कोशी प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच साउन पहिलो साता भएको तीनबुँदे सहमति सो प्रदेशमा नेकपाले पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पर्यटन मन्त्रालय र स्वास्थ्य वा कृषिमध्ये एउटा मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ। नेकपाबाट जीवन आचार्य, गोम्बु शेर्पा, खिनु लिम्बू तथा राजन किराँती र दुर्गा चापागाईं लगायतबाट सरकारमा सहभागी हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्णाली अटोमोबाइल्स एशोसिएशनको नयाँ नेतृत्व : यस्ता छन् नयाँ योजना

सर्वाेच्चमा हुँदैछ चार न्यायधीश रिक्त,प्रतिष्प्रर्धामा को- को ?

विश्वासको मत खोज्दै बागमती र लुम्बिनीको मुख्यमन्त्री

कस्ले दियो मन्त्रीलाई यस्तो आइडिया ?

संसदमा पाँच वटा विद्येयक पेश हुँदै

भोलिदेखि सबै म्यानपावर अनिश्चित समयका लागि बन्द

१३ मन्त्रालयका ९ हजार ६ सय ७ पद दर्ता,चार मन्त्रालयको अझैं अलमल

आयोगलाई अवकाश प्राप्त कर्मचारीहरुको ‘क्लब’ बनाउने तयारी,उमेर हद राखियो ७० बर्ष

बिशेष