सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

सरकारले सूचना प्रविधि विभागलाई खारेज गरेर ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत ुशासकीय सुधार सम्बन्धी एक सय कार्यसूची को बुँदा नम्बर ३९ मा मुलुकको सूचना प्रविधि र विद्युतीय शासन प्रणालीमा देखिएको खण्डीकृत संरचना र समन्वयको अभावलाई अन्त्य गर्न भन्दै यस्तो कदम चाल्ने उल्लेख गरिएको हो ।
गत चैत्रमा सञ्चार मन्त्रालय मातहतको विभाग खारेज गरेर तीन महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत शक्तिशाली सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अब प्रधानमन्त्री कार्यालय मातहत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गर्न लागिएको हो । यस अघि विभागमा सहसचिवको दरबन्दी रहेकोमा अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयमा सचिवको दरबन्दी रहने भएको हो । सो कार्यालयमा सचिवको नेतृत्वमा ४४ जना कर्मचारीहरुको दरबन्दी रहनेछ ।

बिज्ञापन

सोही मातहत एकीकृत डेटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय प्रमुख रहनेछन् । एकीकृत डेटा व्यवस्थापन केन्द्र महानिर्देशकको नेतृत्वमा रहनेछ, जहाँ ४२ जनाको दरबन्दी तोकिएको छ । त्यस्तै, राष्ट्रिय साइबर सुरक्षा केन्द्रमा ३६ जना र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालयमा ३९ जना कर्मचारी रहनेछन् । यस्तै,हेटौंडा डेटा सेन्टरमा २२ जना र कोहलपुर डेटा सेन्टरमा १२ जनाको दरबन्दी कायम गरिएको छ । यसरी नयाँ संरचनामा केन्द्रीय कार्यालयसहित डेटा व्यवस्थापन, साइबर सुरक्षा, प्रणाली कार्यान्वयन र डेटा सेन्टरलाई एउटै संस्थागत व्यवस्थाभित्र राखिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष