‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले संसदीय समितिका छलफलमा कर्मचारी तथा गैरराजनीतिक पदाधिकारीलाई बोलाउने परम्परा अन्त्य गर्नुपर्ने बताएका छन्।

बिज्ञापन

उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक पदाधिकारी र गैरराजनीतिक कर्मचारीबीचको भूमिकालाई स्पष्ट रूपमा छुट्याउनुपर्ने धारणा सार्वजनिक गरेका हुन्। उनले कर्मचारी, प्रहरी, सेना तथा न्यायाधीशजस्ता गैरराजनीतिक निकायका व्यक्तिलाई राजनीतिक नेतृत्वसँग संसदीय समितिमा प्रत्यक्ष भिडाउने अभ्यास उचित नभएको तर्क गरेका छन्।

बिज्ञापन

उनका अनुसार कर्मचारीहरू कानुन, नियम, मर्यादा र आचारसंहितामा बाँधिएर काम गर्नुपर्ने भएकाले राजनीतिक व्यक्तिसँग हुने संसदीय बहसमा उनीहरूलाई सहभागी गराउनु संस्थागत रूपमा उपयुक्त हुँदैन। राजनीतिक पदाधिकारीले गरेका काम वा निर्णयबारे जवाफ दिने जिम्मेवारी पनि राजनीतिक नेतृत्वकै हुनुपर्ने उनको भनाइ छ।

पूर्वसचिव उपाध्यायले संसदीय समितिमा कर्मचारीलाई बोलाउने र उनीहरूसँग राजनीतिक प्रकृतिको प्रश्नोत्तर गर्ने परम्परा नरोकिए नेपालको राजनीतिक व्यवस्था नै कमजोर बन्न सक्ने चेतावनी दिएका छन्। उनले कर्मचारीलाई संसदका समितिमा उपस्थित हुन नपाउने व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन्।

बिज्ञापन

उनले राजनीतिक नेतृत्वप्रति जनस्तरमा बढ्दै गएको असन्तुष्टि र ‘माननीयहरू झन् झन् हाननीय हुँदै गएको’ भाष्य बन्नुलाई राजनीतिक संस्कार कमजोर हुँदै गएको संकेतका रूपमा व्याख्या गरेका छन्।

उपाध्यायले कर्मचारी र राजनीतिक नेतृत्वको नैतिक, व्यावसायिक तथा संस्थागत भूमिका फरक रहेको उल्लेख गर्दै राजनीतिक विवाद र जवाफदेहिताको सामना राजनीतिक दलका नेता, मन्त्री र प्रधानमन्त्रीले नै गर्नुपर्ने धारणा राखेका छन्।

उनको भनाइले संसदीय समितिको क्षेत्राधिकार, कर्मचारीको जवाफदेहिता र राजनीतिक नेतृत्वको उत्तरदायित्वबारे पुनः बहस सिर्जना गर्ने देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष