सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

नेपाली सांगीतिक क्षेत्रलाई आफ्नो ठाउँबाट योगदान दिइरहेका आस्था कला केन्द्रले नियमित सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो शृङ्खला यही साउन २९ गते शुक्रबार आयोजना गर्ने भएको छ।

बिज्ञापन

हरेक दुई महिनाको अन्तिम शुक्रबार सञ्चालन हुँदै आएको यो कार्यक्रममा नेपाली, हिन्दी तथा उर्दू भाषाका गीतगजलहरूको प्रत्यक्ष प्रस्तुति रहनेछ। केन्द्रका गायन प्रशिक्षकद्वय वेनुप क्षेत्री र प्रीतम गुरुङका साथै संगीत सिकिरहेका विद्यार्थीहरूको सहभागिता रहने यस कार्यक्रममा चर्चित गायिकाहरू जुनु प्रसाईं र अञ्जना श्रेष्ठ विशेष अतिथि कलाकारका रूपमा प्रस्तुत हुनेछन्। प्रत्यक्ष वाद्यवादनको साथमा करिब १८ वटा उत्कृष्ट गीतगजल प्रस्तुत गरिने र नयाँ प्रतिभालाई अनुभवी कलाकारहरूसँगै एउटै मञ्चमा जोड्ने मुख्य उद्देश्य राखिएको यो सांगीतिक साँझ बेलुका ६:३० देखि ८:३० बजेसम्म आस्था कला केन्द्रमा सञ्चालन हुनेछ।

बिज्ञापन

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुने दर्शकहरूका लागि बेलुकाको खानाको समेत व्यवस्था गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष