चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

 अर्थ मन्त्रालयले चार सह सचिवको जिम्मेवारी गरेको छ। मन्त्रालयका अनुसार धनीराम शर्मा, अमृत लम्साल, देवराज जोशी र कविता रेग्मी पौड्यालको जिम्मेवारी हेरफेर गरिएको हो ।

बिज्ञापन

अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा भट्टराई एडिबीको वैकल्पिक कार्यकारी निर्देशकको जिम्मेवारी दिएर पठाइएको छ । धनीराम शर्मा फिलिपिन्सको मनिलामा मुख्यालय रहेको एसियाली विकास बैंक (एडिबी)मा वैकल्पिक कार्यकारी निर्देशकका रुपमा जाने भएका छन् । शर्मा हाल अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख थिए ।

बिज्ञापन

हाल एडिबीको वैकल्पिक कार्यकारी निर्देशक रहेका सहसचिव श्रीकृष्ण नेपाल ५८ वर्ष पूरा भएर भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेका हुन । यस्तै हाल मन्त्रालयका प्रवक्ता रहेका अमृत लम्सालले अब अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाको जिम्मेवारी सम्हालेछन् । सहसचिव लम्सालले सम्हाल्दै आएको योजना, अनुगमन तथा मूल्याङ्न महाशाखा कविता रेग्मी पौड्‌यालले सम्हालेछिन् । रेग्मी लेखा अधिकृतबाट सहसचिवमा नाम निकालेकी हुन । उनी गत पुसमा आन्तरिक राजश्वको उपमहानिर्देशक हुँदै मध्यस्तरीय करदाता कार्यालयको प्रमुखको कुर्सीमा थिइन । यस्तै सहसचिव देवराज जोशीलाई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

बिशेष