रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

  नृत्य निर्देशक संघ नेपाल केन्द्रिय समितिले आफ्नो ११औँ स्थापना दिवस रक्तदान कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा करिब ३० जनाले रक्तदान गरेका थिए। नृत्य निर्देशक संघको ११औँ स्थापना दिवस विभिन्न नगर ,जिल्ला , प्रदेशमा पनि मनाइएको थियो ।

बिज्ञापन

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्य तथा ‘नृत्य देव’ भैरवबहादुर थापाको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। केन्द्रिय अध्यक्ष भुवनदास श्रेष्ठ कार्यक्रमको सभापति थिए । कार्यक्रममा कला, संस्कृति तथा नृत्य क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै आयोजना गरिएको रक्तदान कार्यक्रमले मानवीय सेवाप्रतिको प्रतिबद्धता समेत प्रस्तुत गरेको आयोजकले जनाए।

बिज्ञापन

सोही अवसरमा नृत्य निर्देशक संघ नेपालको ‘डी डान लोगो गीत’ को लोकार्पणसमेत गरिएको थियो। लोगो गीत सार्वजनिक भएसँगै संघको पहिचान, एकता र नृत्य क्षेत्रप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको संयोजन संघका केन्द्रीय सचिव कृष्ण रसालले गरेका थिए भने केन्द्रीय सदस्य देवराज गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा नृत्य क्षेत्रसँग सम्बन्धित कलाकार र शुभेच्छुकहरूको सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा सहभागी भई योगदान गर्ने करिब ३० जना रक्तदातालाई संघले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कार्यसमिति परिवारप्रति पनि आयोजकले आभार प्रकट गरेको छ।
यसैगरी डी डान लोगो गीतका रचनाकार प्रेमसागर कर्माचार्य तथा संगीतकार एवं गायक जीवित जल्मीप्रति नृत्य निर्देशक संघ नेपालले विशेष कृतज्ञता व्यक्त गरेको छ। ११औँ स्थापना दिवसलाई सामाजिक सेवा, कला र सिर्जनशीलताको संगमका रूपमा मनाउँदै संघले आगामी दिनमा नृत्य क्षेत्रको विकास, कलाकारको हकहित तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा थप सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष