यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

यातायात कार्यालयमा कोड भाषा प्रयोग गर्दै कर्मचारीदेखि विचौलियाहरुले घुस रकम उठाउने गरेको नयाँ तथ्य फेला परेको छ । विगतमा त्रिवि अध्यागमनमा भिजिट भिसा प्रकरण मच्चदा विमानस्थल अध्यागनका कर्मचारीले गृहमन्त्रीको सचिवालयका सदस्यसहितकव सेटिङमा भिजिट भिसामा खाडी राष्ट्र जानेसँग २० देखि ४० हजारसम्म प्रतिव्यक्ति असुल्ने गरेका खुलेको छ । त्यसका लागि उनीहरूले कोड भाषा प्रयोग गर्ने गरेको खुलेको थियो ।
अहिले त्यस्तै कोड भाषा प्रयोग गर्दै पूर्वाधार मन्त्री सुनिल लम्सालको गृह जिल्ला रुपन्देहीमा रहेको यातायात कार्यालय (सवारी) मा खुलेआम घुस उठाइएको सेवाग्राहीहरुले बताएका छन् । सवारी कम्पनीका एजेन्ट र कर्मचारीको मिलेमतोमा सो कार्यालयमा बेथिति मौलाएको भए पनि नियामक निकाय मौन रहेको सेवाग्राहीहरुले कर्मचारी प्रेससँग गुनासो गरेका छन् ।
जानकारहरुका अनुसार, नयाँ सवारी साधन खरिद गर्दा सवारी धनी कार्यालयमै गएर औँठा छाप लगाएर गाडीको प्राविधिक पास गरि ब्लु बुक लिनु पर्नेमा सवारी एजेन्ट र हाकिमहरुको मिलेमतोमा २ देखि ३ हजार खुस रकमकै भरमा ब्लु बुक सवारी धनीको हातमा पुग्ने गरेको तथ्य समेत प्रकाशमा आएको छ । नियमानुसार कुनै पनि बाइक तथा स्कुटर प्राबिधिक पास नगरी ब्लु बुक पाउन सवारी धनीले कार्यालयमा गएर औँठा छाप गरेर आफ्नो नाममा पार्नुपर्ने तर रुपन्देहीमा भने पैसाको मोलमोलाइकै भरमा विकृती मौलाइरहेको पाइएको छ । विशेष गरी हिरो, होण्डा, टिभिएस, बजाज, यामाहा र रोयल इनफिल्ड लगायतका कम्पनीहरुले यातायताका कर्मचारीहरुसँगको मिलेमतोमा काम गरिहरेको पाइएको छ ।

बिज्ञापन

स्रोतका अनुसार,कोड भाषामा नगद लाइ गोना उठाउने भन्ने गरिन्छ । यसरी लुम्बिनी प्रदेशका लु १ देखि ११६ लट सम्मका बाईक तथा स्कुटर कम्पनीवालाले ढड्डामा आफै ल्याप्चे लगाएर पास दिने गरेको पाइएको छ । कुनै बाइक तथा स्कुटर चलाउदा कुनै प्रकारको भवितव्य आएको खण्डमा फरेन्सिक अनुसन्धान समेत गर्नु पर्ने हुन्छ । यस अवस्थामा सम्बधित व्याक्तिकै फरेन्सिक लिनु पर्दछ अहिले मौलाएको प्रवृत्तिले फरेन्सिक रिपोर्ट फरक पर्ने र कुनै प्रकारका अपराध भएमा सो समेत गायब हुन सक्ने र निर्दोष फस्ने सक्ने डरलाग्दो स्थिति देखिएको यातायातकै कर्मचारीहरुले चिन्ता प्रकट गरेका छन् ।
सवारी कम्पनीका एजेन्ट र यातायात कार्यालयका कर्मचारीको द्रब्य मोहले भोलि कुनै प्रकारको भवितव्य र घटना घटेमा को जिम्मेवार हुन्छ ? सेवाग्राहीहरुको प्रश्न हो यो । सवारी धनीको औंठाछाप आधिकारिक रुपमा नामसारी गर्दा मात्र ५०० रुपैया राजस्व तिरेर बाइक तथा स्कुटर पास गर्न सकिन्छ । पैसाको मोलमोलाइमा सवारी धनी कार्यालयमा गएर औंठा छाप गरेर लिनु पर्नेमा एजेन्ट र कार्यालयका कर्मचारीको मिलेमतोमा घरमै ब्लु बुक पुग्ने गरेको पाईएको छ ।

बिज्ञापन

अहिले यातायात कार्यालयहरु प्रदेश अन्तर्गत रहेका छन् । पहिला देखि नै मुख्यमन्त्री कार्यालय र शक्ति केन्द्र लाइ प्रभावमा पारेका केही कर्मचारीहरु पटक पटक गरेर यो कार्यालयमा खटनपटन गरेर विकृती र घुसखोरीलाई प्रश्रय दिइरहेको पाइएको छ । बिगत देखि केहि कर्मचारिहरुले फाइल बोकेर सोरुममा गएर पैसा बुझ्ने समेत गर्ने गर्ने गरेको स्रोतको भनाई छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

“संघीय निजामति सेवा विधेयक २०८३ : लोकतान्त्रीकरण, व्यवसायीकरण र सुशासनतर्फको नीतिगत प्रस्थान”

बिशेष