व्याकडेटमा सब इन्जिनियरको ६५ प्रतिशत दरबन्दी कटौती

जलश्रोत तथा सिचाई विभागले लामो रस्साकस्सी पछि ओएनएम टुंग्याएको छ । विभागले लामो रस्साकस्सी पछि ४५३ मौजुदा दरबन्दीमा १५५ दरबन्दी कटौती गरेर ३४० दरबन्दी कायम गर्ने प्रस्ताव अगाडि बढाएको छ । उपसचिव तहका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट २ दरबन्दी थप गरेको छ ।
जस अनुसार सिभलि समूह,इरिगेसतर्फ सहसचिव तहको १५ दरबन्दी रहेकोमा ८ दरबन्दी कटौतीमा परेर ७ कायम गरिएको छ । यस्तै,एगृ इीरगेसनतर्फ ३ सहससचिव (प्रा) दरबन्दी रहेकोमा त्यसलाई चलाइएको छैन । यस्तै जियोलोजीतर्फका २ सहसचिवको दरबन्दी यथावत राखिएको छ ।
यस्तै सिनियर डिभिजनल इन्जिनियर (सिडिई),सिभिल समूह,इरिगेसनतर्फ ६० दरबन्दी रहेकोमा ५ कटौती गरेर ५५ मा सीमित राखिएको छ । एगृ इरिगेसनतर्फको १३ दरबन्दी यथावत राखिँदा सिनियर डिभिजनल हाइड्रोलोजिष्ट २ दरबन्दी थप गरी ८ बनाइएको छ । यस्तै मेकानिकल तर्फको १,जियोलोजीतर्फको इन्जिनियरको दरबन्दी यथावत रहेको छ भने विविध सेवाका बरिष्ठ समाजशास्त्री ३ जनाको दरबन्दी रहेकोमा २ मा झारिएको छ ।
प्राप्त विवरण अनुसार,शाखा अधिकृत तहको इरिगेसनतर्फको दरबन्दी १५६ बाट १९ कटौती गरेर १३७ बनाइएको छ भने एगृ इरिगेसनतर्फको २८ दरबन्दी रहेकोमा २ कटौती गरेर २६ कायम गरिएको छ । जनरल इलेक्ट्रिकल २,निर्माण उपकरण सम्भारतर्फको ४ इन्जिनियर र जियोलोजी तथा हाइडेरोलोजीतर्फका दरबन्दी यथावत राखिएको छ ।
सबैभन्दा धेरै सब इन्जिनियरको दरबन्दी कटौतीमा परेको छ । ती कर्मचारीहरुको धर्ना र विरोधका कार्यक्रमका बीच व्याकडेटमा ओएनएम स्वीकृत गराइ यस अघि १६७ सब इन्जिनियरको दरबन्दी रहेकामा १०७ दरबन्दी कटौती गरेर ६० मा सीमित पारिएको छ ।  यस्तै,मेकानिकलतर्फ सब इन्जिनियरको तीन दरबन्दी कटौती गरेर पाँचमा सीमित गरिएको छ भने जनरल इलेक्ट्रिकल १ दरबन्दी कटौती गरिएको छ ।

बिज्ञापन

प्रशासनिक सुधारको सब इन्जिनियरतर्फको ६५ दरबन्दी एकपक्षीय रूपमा कटौती गरिँएको प्रति सब इन्जिनियरहरुले आपत्ति जनाएका छन् । एकातिर सरकारले विकास निर्माणलाई तीव्रता दिने नीति लिने, अर्कोतर्फ फिल्डमा काम गर्ने प्राविधिक जनशक्ति नै घटाउने कार्य पूर्ण रूपमा विरोधाभासी, अव्यावहारिक र दूरदृष्टिविहीन छ। सब इन्जिनियरहरुको प्रश्न छ अब सब इन्जिनियरको काम डि ई बाट गराइने हो ?

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

व्याकडेटमा सब इन्जिनियरको ६५ प्रतिशत दरबन्दी कटौती

६७ साले व्याची अधिकृतहरुको पकडमा सामान्य प्रशासन

१० हजार धरौटी बुझाएर रिहा भए सहसचिव भट्टराई

कान्तीमा जागिर,ह्याम्सबाट तलब थाप्ने चिकित्सक जिम्मेवारीमुक्त

सुशीलाले गरेको एक पछि अर्काे निर्णय उल्टाउँदै वालेन सरकार

नारायणगढ–बुटवल सडक विस्तार आयोजना निर्माणको अन्तिम चरणमा

आयल निगमको कार्यकारी निर्देशक बन्ने दौडमा को को ?

जुनियरलाई दोहोरो जिम्मेवारी, मन्त्रालयभित्र असन्तुष्टि

बिशेष