ज्योती बैंकको ज्यादती : अदालतले रोक्का राखेको जग्गा सेटिङमा लिलाम,विवादमा बहादुर

बैंकसँग सेटिङ्गको काँग्रेसका नेताहरुले अदालतको आदेशलाई समेत कुल्चँदै काठमाडौं तारकेश्वरस्थित करोडौैंको घरजग्गामा कब्जा जमाएसँगै एक पूर्व प्रहरी हवल्दार सडकमा पुगेकी छन्, हप्ता दिनदेखि माइतीघर मण्डलामा धर्नामा छिन् । भन्छिन्– ज्योति विकास बैंकका सिइओ, ऋण शाखाका कर्मचारी र उनै पूर्वमुख्यमन्त्री बहादुर सिंहले मलाई डुबाए । अदालतले मालपोतलाई जग्गा बेचबिखन नगर्नु/नगराउनु भनेर अन्तरिम आदेश दिएको छ, अर्कातिर त्यही जग्गा लिलामीको प्रक्रिया अगाडि बढाएर बहादुरसिंहका नाममा पास भएकोले सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारवाहीको माग राख्ने उदयपुरको चौदण्डीगढी नगरपालिका निवासी सरिता कार्कीको बेदना हो यो ।
प्रहरीमा झण्डै १७ वर्ष सेवा गरिन्, हवल्दारबाट रिटायर्ड भएकै १४ वर्ष बित्यो । अवकाशको वर्ष दिनपछि रोजगारीका लागि दुबई पुगी त्यहाँको प्रहरीमा ६ वर्ष बिताएर स्वदेश फर्किइन् । प्रहरी सेवामा काम गरे पनि लोकदोहोरीको क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । गायक खेम सेञ्चुरीसँग गाएको रुमाल बैनामा चर्चित गीतमध्ये एक हो । झिल्के ड्राइभर, मुख छोप्यौ लाजैले लगायतका दर्जनौं गीत छन् । श्री सम्पत्ति कांग्रेस नेता बहादुरसिंह लामाको कब्जामा पुगेसँगै आँशु बगाएर हिँड्नुपर्ने अवस्थामा पुगेकी छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलाशबाट भएको आदेशलाई समेत कुल्चँदै मालपोतले रोक्का राखेको जग्गा लिलामी गरेर बहादुरसिंह लामाले आफ्नो बनाइदिए– जेठ २८ गते ।

बिज्ञापन

पाँच वर्षअघि काठमाडौँको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थली, जितपुर फेदीमा रहेको ४ आना जग्गा खरिदका लागि भन्दै उमामाया तामाङले ५७ लाख ३० हजार रकम लिएकी थिइन् । भैरवी रियल स्टेट, काठमाडौँ जितपुर गा.वि.स. वडा नं. ६ बस्ने उमामाया तामाङ र गजेन्द्र छन्त्यालको संयुक्त नाममा दर्ता रहेको कित्ता नम्बर १ सयको जग्गा कित्ताकाट गरी आनाको एघार लाख रूपैयाँको दरले ६ आना जग्गा खरिद गर्ने सहमति थियो । पटक–पटक सहमतिअनुसार जग्गा पास गरिदिन आग्रह भयो । केही सुनुवाई भएन । सोही जग्गा देखाई अरुसँग पनि यसैगरी रकम लिएको थाहा पाइन् । पटक पटकको अनुरोधपछि उमामाया प्रोप्राइटर र सञ्चालक रहेको भैरवी रियल स्टेटको नाममा ज्योति विकास बैंक नेपालटारस्थित खाता नं. ०४०००१००३१०९७०००००१ बाट भुक्तानी हुने गरी मिति २०७८ फागुन २६ को मितिमा २७ लाखको चेक ०००६९३४५७३/६००१ र ०७८ चैत १२ मा थप २७ लाख गरी चौवन्न लाख रूपैयाँको चेक दिने काम भयो । सो चेकमा उल्लेख भएअनुसारको रकम भुक्तानीको लागि पटक–पटक जाँदा पर्याप्त निक्षेप नभएको कारण चेक सटही हुन सकेन । चेक अनादर भएकोले ५४ लाख रकम र बिगो भरिभराउ मितिसम्म कानुनबमोजिम हुने ब्याजसमेत प्रतिवादीबाट दिलाई सजायको माग राखेर अदालत पुगेँ । अदालतले १० प्रतिशत क्षतिपूर्तिसमेत थपेर भुक्तानी गर्न आदेश दियो । अदालतले ज्योति विकास बैंक केन्द्रीय कार्यालयलाई पत्र लेखेर कित्ता नम्बर ४७२ र ४९१ को जग्गा कर्जा असुली प्रयोजनका लागि लिलाम हुने प्रक्रियामा रहेकाले सोबाट असुली गरी बढी हुन आउने रकम कुन खातामा जम्मा हुने हो, सोमध्ये ७४ हजार ७ सय रकम र जग्गा रोक्का राखी अविलम्ब जानकारी गराउन भनेको छ ।

बिज्ञापन

मालपोत कार्यालयलाई समेत उमामाया तामाङ र आमा च्याउँकीमायाका नाममा रहेको घरजग्गा रोक्का गर्न आदेश पनि । उनीहरूविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो ।
यसरी अदालतले बिक्री तथा हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का गरेको जग्गा बैंकले कसरी लिलामी गरेर बहादुरसिंह लामाको हातमा पुर्‍यायो ? र, उनले २ करोडमाथि मूल्य पर्ने जग्गा ४५ लाख ५० हजारमा सकारे ? रोक्का जग्गा कसरी पास भयो ? कसरी अर्काेको नाममा पुग्यो ? ज्योति विकास बैंकको नेपालटार शाखाका तत्कालीन प्रमुखले जग्गा धनीले पैसा तिर्छु, लिलाम नगरिदिनु भन्नुभएको छ । त्यही कारण तत्काल लिलाम हुँदैन । लिलामी गर्ने अवस्थामा जानकारी गराउँछौँ, सूचना अन्नपूर्ण पोष्टमा निकाल्छौं भनेर झुक्याए । तर, त्यसको केही पछि नै नयाँ पत्रिकामा लिलामीको सूचना निकालेर बहादुरसिंह लामालाई बुझाए ।
विना रोक्का फुकुवा बैंकले कसरी लिलामी प्रक्रिया अगाडि बढायो ? यसपछि बैंकको केन्द्रीय कार्यालय गयौं । अध्यक्ष छन्, नुवाकोटकै हरिचन्द्र खड्का । उनी ठेकेदारहरूसँग मिलेर गर्न हुने वा नहुने सबै काम गर्दा रहेछन् । उनैको दवावमा सो जग्गा बहादुरसिंहको हातमा पुर्‍याइएको बुझ्न कठिन भएन । प्रमुख कार्यकारी अधिकृत (सिइओ) कपिल ढकाललाई भेट्न पटक–पटक प्रयास गर्‍यौं, सफल भइएन । लोन रिकभरी शाखाका प्रमुख रहेछन्– विकास रानाभाट । नेपालटार शाखा प्रमुखले गल्ती गरेछन्, जागिर छाडेर सानिमा बैंकमा गइसके । त्यहीँ गएर कुरा गर्नुहोस् भनी तर्किए । यस्तै हुन्छ बैंकका कर्मचारीको व्यवहार ? सहमतिअनुसार अर्को दिन भेट्ने भनिएकोमा बहादुर आएनन्, उनका स्वकीय सचिव आए । भोलि दाजुलाई बोलाउँछु भने तर तिनको भोलि कहिल्यै आएन । बैंकले बाध्यतामा घरजग्गा पास गरिदिएको छ तर दर्जनौँ कानुनी त्रुटीसहित । मालपोतले पनि अदालतको आदेशलाई धोती लगाएको छ । यो प्रकरणमा क–कसको नेक्सस कहाँसम्म छ ? राष्ट्र बैंकले खोजोस् । सुशासन र पारदर्शिताको नारा लगाएर जेनजीको रगतमा बनेको सरकार हो यो । कर्पाेरेट माफियाका कारण म आज सडकमा पुगेको छु । हिजो उनै रवि लामिछाने जेल पर्दा उनकै पक्षमा गीत गाएँ । आज बालेन र रविहरूकै शासन छ तर एक कलाकार बैंक र काँग्रेस नेताहरूको ज्यादतीका कारण मर्नु न बौलाउनुको स्थितिमा पुगेकी छु ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ज्योती बैंकको ज्यादती : अदालतले रोक्का राखेको जग्गा सेटिङमा लिलाम,विवादमा बहादुर

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

बिशेष