सुनसरीका दुई गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुनसरीले दुई वटा गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सोमबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म लागु हुनेगरी देवानगञ्ज गाउँपालिकाका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् ।

बिज्ञापन

साउन १० गते सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीको गोली लागी दुई जनाको निधन भएपछि सुनसरीका विभिन्न स्थानमा तनाव उत्पन्न भएको थियो । तर अहिले सो क्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।

बिज्ञापन

उता जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार सोमबार बिहान १० बजेदेखि निषेधाज्ञा हटाइएको जनाएको हो। यससँगै राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू रहेका निषेधात्मक आदेश बिहान १० बजेदेखि पूर्ण रूपमा समाप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष