नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक (ईडी) नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। खुला प्रतिस्पर्धामार्फत छनोट भएका ६ जना उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समय तालिका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको हो।
बिज्ञापन
मन्त्रालयले जारी गरेको सूचनाअनुसार आगामी २०८३ साउन १७ गते आइतबार मन्त्रालयको सानो सभाहलमा उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता सञ्चालन हुनेछ। छनोट प्रक्रियाको यो अन्तिम तथा निर्णायक चरण मानिएको छ।
बिज्ञापन
कार्यकारी निर्देशक पदका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूमा छवि राज पोख्रेल, कौशल केसी, संजीव कुमार देव, चार्टर्ड एकाउन्टेन्ट (सीए) नागेन्द्र साह, सरोज कुमार शर्मा र दीपेन्द्र कुमार देव रहेका छन्।
मन्त्रालयका अनुसार २०८३ असार २५ गते स्वीकृत नामावलीअनुसार यी उम्मेदवारलाई अन्तिम मूल्याङ्कन प्रक्रियामा सहभागी गराइनेछ। प्रत्येक उम्मेदवारलाई आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न २० मिनेटको समय उपलब्ध गराइनेछ। त्यसपछि प्रस्तुतीकरणका आधारमा अन्तर्वार्ता लिइने मन्त्रालयले जनाएको छ।
बिज्ञापन
नेपाल आयल निगमको नेतृत्व चयनका लागि सञ्चालन भइरहेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामा व्यावसायिक कार्ययोजना र अन्तर्वार्ताको मूल्याङ्कनपछि सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने अपेक्षा गरिएको छ।
आयल निगममा बिनी श्रेष्ठको भूमिका विवादमा, कर्मचारी भन्छन्– ‘जहाँ बसिन्, त्यहीँ विवाद’

























