दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डा शत्रुघ्नप्रसाद साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतको फैसलालाई सदर गरेको हो । सर्वोच्च अदालतले दुग्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा साहलाई दोषी ठहर गरेको छ ।
बिज्ञापन
अख्तियारले वैशाख, २०७३ मा दुग्ध विकास संस्थानका प्रबन्धक शत्रुघ्न प्रसाद साह र उनकी पत्नी शुसिला कुमारी साहलाई समेत दुई करोड ३८ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो ।यसअघि विशेष गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर्याएर ६८ लाख २४ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको निष्कर्ष सहित विशेष अदालतले त्यति नै जरिवाना र ९ वर्ष कैद हुने फैसला समेत गरेको थियो ।
बिज्ञापन
विशेष अदालतको उक्त फैसलाउपर साहले २०७६ असार २२ गते सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । सर्वोच्चले साढे सात वर्षपछि विशेष अदालतको फैसला सदर गरेको हो । संस्थानको टेक्निकल अफिसरदेखि प्रबन्धक पदमा रहदासम्म एक करोड ४४ लाख रुपैयाँ आर्जन गरेकोमा साहले तीन करोड ८३ लाख रुपैयाँ सम्पत्ति जोडेको भन्दै अख्तियारले वैध आम्दानीको तुलनामा अस्वभाविक खर्च देखिएको दाबी गरेको थियो ।





























