आयल निगममा बिनी श्रेष्ठको भूमिका विवादमा, कर्मचारी भन्छन्– ‘जहाँ बसिन्, त्यहीँ विवाद’

नेपाल आयल निगम पछिल्लो समय एकपछि अर्को विवादका कारण चर्चामा छ। कर्मचारीले ओभरटाइम (ओटी) भत्ताको नाममा राज्यकोषमा अनावश्यक आर्थिक भार पारेको आरोपदेखि निगमकै डिपोबाट हजारौं लिटर पेट्रोल चोरी हुने घटनासम्मले निगमको आन्तरिक प्रशासन, सुरक्षा प्रणाली र सुशासनमाथि गम्भीर प्रश्न उठाइरहेको छ।

बिज्ञापन

यहीबीच निगमको योजना, प्रशासन तथा मानव संसाधन विभागकी निर्देशक (दशौँ तह) बिनी श्रेष्ठमाथि पनि विभिन्न गम्भीर आरोप सार्वजनिक भएका छन्। निगमभित्र कार्यरत कर्मचारीहरूका अनुसार उनको कार्यशैलीप्रति व्यापक असन्तुष्टि रहेको छ।

बिज्ञापन

स्रोतका अनुसार अरू कर्मचारीलाई नियम र अनुशासनको पाठ पढाउने श्रेष्ठ स्वयं भने सरकारले तोकेको पोशाक (ड्रेस कोड) पालना नगर्ने गरेको आरोप छ। कर्मचारीहरू भन्छन्, “उहाँ जहाँ जिम्मेवारीमा जानुहुन्छ, त्यहाँ कुनै न कुनै विवाद सिर्जना हुने गरेको छ।”

श्रेष्ठमाथि सिनामंगलस्थित निगमको प्रयोगशालाका लागि सामान खरिद प्रक्रियामा अनियमितता गरेको आरोपसमेत लागेको स्रोतको दाबी छ। यद्यपि यसबारे सम्बन्धित निकायबाट औपचारिक रूपमा कुनै निष्कर्ष सार्वजनिक भएको छैन।

बिज्ञापन

यसअघि पोखरामा कार्यरत रहँदा पनि उनी जग्गासम्बन्धी विवादमा मुछिएको र सो विषयमा निगमको केन्द्रीय कार्यालयले स्पष्टीकरणसमेत मागेको स्रोतले जनाएको छ।

त्यस्तै, दशौँ तहमा बढुवा हुने क्रममा उनको शैक्षिक योग्यता नमिलेको भन्दै उद्योग मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको दाबी गरिएको छ। ती उजुरीबारे सम्बन्धित निकायले अन्तिम निर्णय सार्वजनिक गरेको जानकारी भने उपलब्ध छैन।

लामो समय टेकुस्थित आन्तरिक तथा गुणस्तरसम्बन्धी शाखामा कार्यरत रहेकी श्रेष्ठ हाल प्रशासन शाखाको नेतृत्व गरिरहेकी छन्। प्रशासन शाखामा रहँदा संस्थाका गोप्य सूचनाहरू बाहिर चुहाउने गरेको आरोपसमेत उनीमाथि लागेको छ। आफूलाई मन नपरेका कर्मचारी वा व्यक्तिसँग सम्बन्धित आन्तरिक विवरण बाहिर पुर्‍याउने गरेको आरोप कर्मचारी स्रोतहरूले लगाएका छन्।

यस्ता आरोपहरूले निगमभित्रको प्रशासनिक निष्पक्षता, गोपनीयता र सुशासनमाथि प्रश्न उठाएको कर्मचारीहरूको भनाइ छ। निगमभित्र पछिल्ला समय देखिएका विवादहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायले ढिलाइ गर्न नहुने उनीहरूको माग छ।

यी सबै आरोपबारे प्रतिक्रिया लिन निर्देशक बिनी श्रेष्ठसँग सम्पर्क गर्दा उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गरिन्। उनले भनिन्, “यी आरोपमा कुनै सत्यता छैन। मैले कुनै पनि अनियमितता वा गलत काम गरेकी छैन।” यस विषयमा आधिकारिक निकायबाट छानबिन र तथ्य सार्वजनिक भएपछि मात्र आरोपहरूको यथार्थ पुष्टि हुनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगममा बिनी श्रेष्ठको भूमिका विवादमा, कर्मचारी भन्छन्– ‘जहाँ बसिन्, त्यहीँ विवाद’

दुई सातामै ५ सहसचिव,३३ उपसचिव२९ शाखा अधिकृतसहित १४६ ले दिए राजीनामा

अख्तियारका डिआईजीदेखि इन्स्पेक्टरसम्मको सेटै परिवर्तन

३ वटा गाडी फेरि–फेरि चढ्ने शक्तिशाली सहसचिव !

दाउन्ने खण्डको सडक ३० वर्षसम्म टिक्ने, निर्माण कार्य अन्तिम चरणमा

राजीनामाको लहरसँगै ई–पेन्सन आवेदन बढ्यो, बाँकी सबै फर्छ्योट गर्न विशेष अभियान

गृहको कर्मचारी सरुवामा उस्तै गडबडी

सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

बिशेष