नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा झाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झाविरुद्ध नक्कली सर्टिफिकेटको मुद्धा दायर गरेको छ ।

बिज्ञापन

झाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश र बढुवासमेत लिएको भेटिएसँगै उनीविरुद्ध विशेषमा मुद्धा लगेको हो ।आयोगका अनुसार,झाले सेवा प्रवेश गर्दा सन् १९९८ मा मगध विश्वविद्यालय, बोधगयाबाट प्राप्त बीएस्सी तहको नक्कली शैक्षिक योग्यताको मार्कसिट, इमिग्रेसन सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट र प्रोभिजनल सर्टिफिकेट पेस गरेका थिए । सोही प्रमाणपत्रका आधारमा कर्पोरेसन लिमिटेडको प्रमुख सहायक ( केमिस्ट) पदमा शुरू नियुक्ति लिएका थिए ।

बिज्ञापन

 साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख सहायक (सहायक केमिष्ट) पदमा शुरु नियुक्ति लिई सोही झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सहायक प्रबन्धक (सातौं तह) पदमा समेत बढुवा नियुक्ति भई ‌ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको पुष्टि भएकोले झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक

बुढानीलकण्ठ नगरपालिकाद्धारा प्रभावितका लागि १५ लाख ७२ हजार सहयोग

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

बिशेष