ठेकेदारबाटै कर्मचारी असुरक्षित : भेरीगंगाको इन्जिनियर कुटिए,इच्छाकामनाको प्रमुख प्रशासकीय

आर्थिक बर्ष सकिनै लाग्दा कर्मचारी कुटपिटका घटनाहरु दिनदिनै सतहमा आउन थालेका छन् । गत मंगलबारमात्र सुर्खेतको भेरीगंगा इन्जिनियरमाथि कुटपिट भएको घटना सेलाउन नपाउँदै चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत ठेकेदारबाट कुटिएका छन् ।

बिज्ञापन

मंगलबारमात्र सुर्खेतको भेरीगंगा इन्जिनियर (छैटौँ तह) कार्यरत गणेश कार्कीमाथि नदीजन्य पदार्थका ठेकेदारले कार्यालय समयमै कार्यालय हाताभित्र ज्यान मार्ने धम्की दिँदै कुटपिट गरेको आरोप लगाएका थिए । कुटपिटपछि ठेकेदार कमल खड्का नगरपालिका कार्यालयबाट फरार भएको उल्लेख गर्दै उनलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।

बिज्ञापन

उक्त घटनाले कर्मचारीको सुरक्षामा गम्भीर प्रश्न उठाएको भन्दै सुरक्षित वातावरण सुनिश्चित नभएसम्म कार्यालयमा कुनै कामकाज नगर्ने निर्णय गरिएको विज्ञप्ति निकालेको अर्काे दिन चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत ठेकेदारबाट कुटिएका छन् । उनीमाथि आजै बिहान कार्यकक्षमै कुटपिट भएको हो । कुटपिट गर्ने दुई जना पक्राउ परेको पालिकाले जनाएको छ । र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ, चार जना फरार छन् ।

ठेकेदार लालबहादुर तामाङ र गाउँपालिकाबीच बैंक ग्यारेन्टीको विषयमा विवाद भएको थियो । त्यसपछि ठेकेदार अदालत गए । अदालतले हिजो उनको मागबमोजिमको आदेश दिन अस्वीकार गरेको छ । त्यहीँ रिसमा उनले कुटपिट गरेको हुनसक्ने प्रवक्ता नेपालको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई अस्पताल भर्ना गरिएको छ । यता, कर्मचारीले काम ठप्प पारेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष