थुनिएका विदेशीलाई मुर्गा बनाएपछि हिरासतमा पुगे हास्य कलाकार

अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने भनी ठगी गरेको आरोपमा हास्य कलाकार नारद खतिवडासहित तीनजना पक्राउ परेका छन् ।

बिज्ञापन

अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने भनी ठगी गरेको आरोपमा हास्य कलाकार नारद खतिवडासहित तीनजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो ।

बिज्ञापन

अध्यागमन विभागका अनुसार गत असार १७ गते धोबीघाट र कीर्तिपुरमा छापा मारेर नौ जना चिनियाँ नागरिक र १८ वटा राहदानी नियन्त्रणमा लिएको थियो । भिजिट भिसामा नेपाल आएका चिनियाँहरु शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा समातिएका उनीहरु अध्यागमनको हिरासतमा छन् । ती विदेशी नागरिकहरुलाई कालिकास्थानस्थित अध्यागमनको हिरासतमा राखिएको छ । ती ९ जना विदेशी नागरिकका अलवा अध्यागमनको नियन्त्रणमा रहेका १५ वटा राहदानीसमेत झिकाइदिने भनी उनीहरूले ९ लाख रूपैयाँ ठगेको पाइएसँगै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– १४ नख्खीपोट बस्ने, उदयपुर कटारी नगरपालिका– ८ सिरिसे घर भएका ३८ वर्षीय विक्रमबहादुर थापा, नवलपरासी पश्चिम, सुनौल नगरपालिका– ७, तर्गौली घर भएका ५९ वर्षीय गोपालकुमार गुरूङ र काठमाडौं महानगरपालिका– १० बुद्धनगर बस्ने, सर्लाही लालबन्दी नगरपालिका– ५ घर भएका ५२ वर्षीय नारदप्रसाद खतिवडा रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थुनिएका विदेशीलाई मुर्गा बनाएपछि हिरासतमा पुगे हास्य कलाकार

विवादमा मुख्यसचिवको पहिलो निर्णय : स्थायी नियुक्ति रोक्ने तयारीले भड्किएका युवा सडकमा

अदालतबाट ‘अयोग्य’ ठहर भएका सिइओको पक्षमा रास्वपाको माननीय

मन्त्रिपरिषद् बैठक बस्दै

प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामुहिक राजीनामा

एक्सट्रिम इनर्जीमाथि वाणिज्य विभागको एक्सन : खाद्य प्रविधिमा हुँदैछ परीक्षण

भूमिसुधारका दुई कर्मचारी निलम्बित

कार्यकारी निर्देशक नियुक्ति गर्दा सचिवलाई पर्यो प्रेसर: एक नम्बरका उम्मेदवारलाई पछि पार्दै विवादित डा. जितेन्द्र परियार नियुक्त

बिशेष