हङकङबाट फिर्ता भएका लेखकलाई गृह,सञ्चार र कानुन सचिवको जिम्मेवारी

हङकङबाट फिर्ता भएका डा. विन्देश्वरप्रसाद लेखक प्रदेश सरकारले गृह,सञ्चार र कानुन सचिवको जिम्मेवारी दिएको छ । प्रदेश सरकारको पछिल्लो क्याविनेट बैठकले लेखकलाई गृह,सञ्चार र कानुन मन्त्रालयको जिम्मेवारी दिएको हो । ओली सरकारले लेखकलाई ०८१ चैतमा महावाणिज्यदूतको जिम्मेवारीसहित हङकङ पुगेका थिए तर वालेन नेतृत्वको सरकार बनेसँगै गत वैशाखमा फिर्ता बोलाइएको थियो ।

बिज्ञापन

०७९ चैतमा आन्तरिक प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिवमा उक्लिएका लेखकलाई झण्डै आठ महिना परराष्ट्र मन्त्रालयको बरण्डामा राखेर हङकङको महावाणिज्यदूत बनाएर खटाइएको थियो । उनी झण्डै आठ महिना परराष्ट्र मन्त्रालयको अतिरिक्त समूहमा बसेर आफैंले रोजेको मुलुकमा महावाणिज्यदूतको जिम्मेवारी सम्हाल्न सफल पनि भए । हङकङको महावाणिज्यदूत रहेका आदिवासी,जनजाति पृष्ठभूमिका सहसचिव उदयबहादुर राना चार बर्षको कार्यकाल पूरा गरेर फर्किए पछि सो ठाउँमा उनलाई खटाइएकोमा वालेन सरकार बनेसँगै उनलाई परराष्ट्र मन्त्रालयमा तानेर मधेश प्रदेशमा खटाएको थियो । मधेश प्रदेश सरकारले लेखकलाई गृह,सञ्चार तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो । शाखा अधिकृत हुँदा विश्व बैंक, उपसचिव हुँदा जापान र सहसचिव भएपछि हङकङ पुगेका विन्देश्वर वालेन सरकार बनेसँगै मधेश प्रदेश पुगेका हुन । त्यहाँको शक्तिशाली मानिएको मन्त्रालयमध्ये एक गृह,सञ्चार र कानुन मन्त्रालयको सचिव बन्न पुगेका छन् ।

बिज्ञापन

विन्देश्वर शाखा अधिकृत हुँदा उपसचिव जाने गरेको विश्व बैंकमा जागिर खान पुगेका थिए । त्यहाँबाट फर्किएको ६ महिना अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा अन्तर्गत काम नगरी राजस्व अनुसन्धान कार्यालय, ईटहरी पुगे । ०७३ मा उपसचिव कपिलवस्तुको कृष्णनगर भन्सारको प्रमुख भन्सार अधिकृत चलाइसकेका कर्मचारी हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

बिशेष