भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

आधुनिक साहित्य परिषद्को आयोजनामा २१३औँ भानु जयन्ती, नियमित रचनावाचन तथा विशेष सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त अवसरमा साहित्यकार छवि वैरागी घिमिरेलाई ‘आधुनिक साहित्य रत्न’ पदक तथा सम्मान अर्पण गरिएको थियो।

बिज्ञापन

संस्थाका अध्यक्ष मुरलीप्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपाल प्रमुख अतिथि रहनुभएको थियो भने अनुसन्धाता एवं अन्वेषक साहित्यकार लोकमणि उपाध्याय विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। साथै वरिष्ठ साहित्यकार चन्द्रा न्यौपाने, शीत काव्य समाज नेपालका केन्द्रीय अध्यक्ष शीत ईश्वर कृष्ण बहादुर के.सी. सापकोटा, ‘आगो’ विधाका परिकल्पनाकार दीर्घबहादुर चन्द, ‘उतार’ विधाका टङ्कबहादुर खत्री, गोंगबु साहित्य समाजका अध्यक्ष द्वारिका कुइँकेल तथा षड्ऋतु काव्य समाजकी अध्यक्ष डा. सीता विष्ट कार्की ‘सीविका’ लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो।

बिज्ञापन

कार्यक्रममा साहित्यकार तथा कलाकार पार्वती रिमालको जन्मदिनसमेत विशेष रूपमा मनाइएको थियो। अतिथिहरूलाई स्वागत मन्तव्य सुखशान्ति मिडियाका अध्यक्ष दामोदर ढकाल दिपकले दिनुभएको थियो। सम्मानित स्रष्टा छवि वैरागी घिमिरेका रचना सरस्वती अर्याल, उमा विडारी र कृष्णप्रसाद पौडेल जस्ताघरेले वाचन गर्नुभएको थियो भने उहाँको व्यक्तित्व र कृतित्वमाथि लोकमणि उपाध्यायले प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा चेवन बस्नेत, नीलनाथ आचार्य, लोकमणि पौडेल, बेदप्रसाद गौडेल, कमला थापा, बासुदेव ठकुरी, शिवप्रसाद आचार्य, रोजिना गौतम, कमला भण्डारी, कमला देवी सिंखडा, कल्पना काफ्ले, बच्चुराम बजगाई, सीमा खड्का, राधिका अधिकारी, भोजभक्त कँडेल, मिना पुडाशैनी, मदन नेपाल, बद्री उप्रेती, सपना देवकोटा, गणेशबाबु अधिकारी, सुशीला ढकाल अधिकारी, गीता अर्याल, राजु देवकोटा, केदारनाथ देवकोटा, राजनप्रसाद रिमाल, टपिन्द्र के.सी., केशव ज्ञवाली, ज्ञानेन्द्रकुमारी भण्डारी, जमुना गौतम, किरण बस्नेत, ज्यो. बामदेव ओझा मुनाल , सीता सुवेदी, महेन्द्रबहादुर थापा मगर, रोदकुमारी थापा मगर, रेखा महर्जन बस्नेत, रामकृष्ण रिजाल, सत्यनारायण ढकाल, राजेन्द्र गड्तौला, केवी पौडेललगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो।

बिज्ञापन

कार्यक्रमको सञ्चालन डा. ध्रुव गजुरेलले गर्नुभएको थियो। करिब चार घण्टा लामो कार्यक्रम विविध साहित्यिक प्रस्तुतिसहित सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष