मुख्य सचिव सुमनराज अर्यालले अवकाश पाएको आज तीन दिन पूरा भएको छ । यो बीचमा गोविन्द कार्की मुख्य सचिवको कुर्सीमा पुगेका छन् । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेब साइड खोलेर सचिवको सूची नियाल्दा अवकाशमा गइसकेका सचिव अर्याललाई मुख्य सचिवकै रुपमा राखेको छ । गत २६ असारमा नयाँ मुख्यसचिव गोविन्दबहादुर कार्कीले जिम्मेवारी सम्हाले पछि प्रधानमन्त्री कार्यालयले मुख्य सचिवको रुपमा दुई जनाको नाम राखेको पाइन्छ । प्रधानमन्त्री कार्यालयको वेब साइडको बाहिरी पृष्टमा कार्कीलाई मुख्यसचिवका रुपमा राखिए पनि सचिवहरुको सूचीमा भित्र अर्याल मुख्यसचिवकै रुपमा राखेको देख्न पाइन्छ ।
बिज्ञापन

जहाँ प्रम कार्यालयले मुख्य सचिवमा नियुक्त भएका गोविन्द कार्कीलाई प्रधानमन्त्री कार्यालयको सचिवकै रुपमा राखेको छ । मन्त्रालयको वेबसाइट खोतल्दा गत साता अनिवार्य अवकाशमा गएका निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटीको नाम समेत सचिवको सूचीबाट हटाइएको छैन । पाँच बर्ष सेवा अवधि पूरा गरेर गत ासता बुर्लाकोटी निर्वाचन आयोगबाट अनिवार्य अवकाशमा गइसकेका छन् । यस्तै आजैदेखि सचिव खगेन्द्र नेपाल पनि अनिवार्य अवकाशमा गइसकेका छन् । तर प्रम कार्यालयको वेबसाइड खोल्दा उनीहरुलाई सचिवकै रुपमा राखिएको पाइन्छ ।
बिज्ञापन
पछिल्लो समय सरकारले सूचना प्रविधि विभागलाई खारेज गरेर प्रम कार्यालय मातहत राखेको छ । प्रधानमन्त्री कार्यालयमा एक से एक आइटीका विज्ञहरु छन् । तर मुख्यसचिवदेखि सचिवसम्मको विवरण समयमा अपडेट हुन सकेको छैन ।





























