भागदौडको ट्रेलर सार्वजनिक

आगामी २६ असारबाट रिलिज हुने चलचित्र भागदौडको ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरेको हो । भागदौड सिनेमाको टेलर २ मिनेट लामो छ ।
यो चलचित्रमा विशाल पोखरेल, अनीशा श्रेष्ठ, घनश्याम जोशी, सारा राई, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुभाष तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

बिज्ञापन

सार्वजनिक ट्रेलरमा मानिसको दैनिक जीवनको निरन्तर दौडधुप र संघर्षलाई केन्द्रमा राखिएको देखिन्छ । चलचित्रले आधुनिक समाजमा देखिने लोभ लालच अनि जालझेलका अनेकौं पक्षहरूबाट उत्पन्न हुने नैतिक संकटको कथा बोलेको छ ।

बिज्ञापन

यो सिनेमा हिमाल उप्रेतीको लेखन र निर्देशनमा निर्माण भएको हो । विश्वराम विष्ट प्रस्तुतकर्ता रहेको सिनेमा यही असार २६ गते शुक्रबारबाट देशव्यापी प्रदर्शन हुनेछ । निर्माता बिष्टले नपत्याउने खोलाले बगाउँछ भने जस्तै उत्कृष्ट सिनेमा बनेको दाबी गरे।

अंगिरा थापा कार्यकारी निर्माता रहेको सिनेमाका सह–निर्मातामा भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी रहेका छन् । सुप्रिम म्युजिक एण्ड फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा दीपक बज्राचार्यको छायांकन, प्रवीन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष