अर्थका दुई ठूला विभागमा को बन्दैछन् महानिर्देशक ?

सरकारले १५ जना सहसचिवको सरुवा गर्दा अर्थ मन्त्रालयबाट ४ सहसचिव बाहिरिएका छन् । यसरी अर्थबाट बाहिरिनेमा श्यामप्रसाद भण्डारी, रमेश अर्याल, भरतमणि पाण्डे र गजेन्द्रकुमार ठाकुर रहेका छन् । भण्डारी हालैमात्र अर्थ मन्त्रालयमा तानिएका थिए,भन्सार विभागबाट । उनको ठाउँमा निमित्तको जिम्मेवारी पाएका भरतमणि पाण्डे पनि अर्थबाट बाहिरिएका छन् भने मदन दाहाल प्रदेशतिर खटिएपछि निमित्तको जिम्मेवारी पाएका रमेश अर्याल,भन्सारकै निमित्त चलाइरहेका भरतमणि पाण्डे,सम्पत्ति शुद्धीकरणबाट अर्थमा तानिएका गजेन्द्रकुमार ठाकुरहरु अर्थबाट बाहिरिदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भीष्मकुमार भुसाल र यमलाल भुसाल तथा युवा, श्रम तथा रोजगार मन्त्रालयबाट प्रेमप्रसाद आचार्य अर्थ मन्त्रालयमा भित्रिएका हुन ।

बिज्ञापन

अर्थ मन्त्रालय मातहत २६ जना सहसचिव रहेकोमा पछिल्लो समय अर्थ मन्त्रालय मातहतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रलगायत कार्यालयहरूमा कर्मचारी खटाउन अत्यन्तै कठिन रहेको अर्थका कर्मचारीहरु बताउँदै आएका थिए । यी निकायमध्ये आन्तरिक राजश्व वा भन्सारमध्ये कुनै एक विभागको महानिर्देशकमा डा भुसालको नियुक्ति हुन सक्ने बताइएको छ ।
यस अघि अर्थमा ६ सहसचिवको दरबन्दी रिक्त रहेकोमा ४ सहसचिव बाहिरिदा ३ भित्रिएका छन् । अर्थ मन्त्रालयमा अझैं ७ दरबन्दी रिक्त हुन पुगेको छ । मन्त्रालयकै ९ वटा महाशाखामध्ये २ वटा माहाशाखा प्रमुखविहिन अबस्थामा छन भने अर्थका दुई ठूला विभाग भन्सार र आन्तरिक राजश्व पनि नेतृत्वविहिन अबस्थामा पुगेका छन् । तालिम केन्द्र, अलवा राजश्व अनुसन्धान विभागमा समेत सहसचिवकै दरबन्दी भए पनि सो विभाग खारेजी हुने भनिएको छ यद्यपि दरबन्दी कटौतीको प्रक्रिया चल्दैछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थका दुई ठूला विभागमा को बन्दैछन् महानिर्देशक ?

मेरिटका आधारमा ७७ लेखा अधिकृतहरुको पदस्थापन (सूचीसहित )

१५ सहसचिवको सरुवा, सूचीसहित

आयल निगममा बिनी श्रेष्ठको भूमिका विवादमा, कर्मचारी भन्छन्– ‘जहाँ बसिन्, त्यहीँ विवाद’

दुई सातामै ५ सहसचिव,३३ उपसचिव२९ शाखा अधिकृतसहित १४६ ले दिए राजीनामा

अख्तियारका डिआईजीदेखि इन्स्पेक्टरसम्मको सेटै परिवर्तन

३ वटा गाडी फेरि–फेरि चढ्ने शक्तिशाली सहसचिव !

दाउन्ने खण्डको सडक ३० वर्षसम्म टिक्ने, निर्माण कार्य अन्तिम चरणमा

बिशेष