पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। सरकारले अध्यादेश ल्याएसँगै त्रिवि सेवा आयोगका अध्यक्ष लगायत पदाधिकारी बर्खास्त भएका थिए।

बिज्ञापन

शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनको अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन्।
२०३१ सालको एसएलसी परीक्षाका बोर्ड फर्स्ट थापा ०३९ साल पुस २३ गते तत्कालीन हवाई विभाग (अहिलेको नागरिक उड्डयन प्राधिकरण) बाट अस्थायी आर्किटेक्ट इञ्जिनियरका रूपमा सरकारी सेवामा प्रवेश गरेका हुन । सहसचिवमा बढुवा हुँदा केवल ३८ वर्षका थिए । ०५१ देखि ०५७ सालसम्म एशियाली विकास बैंकको सहयोगमा सञ्चालित आएको काठमाडौं शहरी विकास परियोजनामा काम गरेका उनी त्यसपछि काठमाडौंका तत्कालीन मेयर केशव स्थापितसँग ६ वर्ष सहकार्य गरे । सचिवका रूपमा तीन वटा मन्त्रालय –शिक्षा, पर्यटन र शहरी विकासमा बिताए । जल शक्ति आयोग र निर्वाचन आयोगमा पनि बसे । शहरी विकास मन्त्रालयका संस्थापक सचिव समेत हुन् । पर्यटन मन्त्रालय अन्तर्गतको हवाई विभागमा २० वर्षअगाडि अस्थायी इञ्जिनियर रहेका जागिर खाएका उनी पछि सोही मन्त्रालयको सचिव बने । सेवा अवधिमा भ्रष्टाचार प्रकरणमा नमुछिएका थापा स्वच्छ छविका साथ बाहिरिएका छन् । ३२ वर्ष लामो निजामती सेवाबाट निवृत्त भएपछि विवेकशील साझा पार्टीबाट चुनाव लडे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष