सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

संघीय सरकारले मन्त्रीका लागि सचिव सरहका ५७ जना सल्लाहकार र पिए गरी २१० जनालाई नियुक्ति दिने तयारी गरिरहँदा प्रदेश सरकारले समेत यस अघि रोकिएका स्वकीयहरुको तलब सुबिधा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पारिश्रमिक रोकिएको मितिदेखि नै लागू हुने गरी नियमित रूपमा भुक्तानी गर्ने निर्णय गरेको हो।
यस अघि सुशीला कार्की नेतृत्वको सरकार हुँदा स्वकीय सुविधा खोसिएको थियो । तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले सांसदका स्वकीय सदस्यहरू हटाउने निर्णय गर्न भन्दै पत्राचार गरेपछि स्वकीयहरू तलब सुविधाबाट वञ्चित थिए । अर्थ मन्त्रालयले २०८२ असोज ७ गते नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने परिपत्र गरेको थियो ।
सोही परिपत्र अनुसार संघीय सांसदहरुको समेत पिए सुविधा खोसिएसँगै अहिले सो सुविधा व्युताउँन माननीयहरु दौडधुप गरिरहँदा यस अघि रामेश्वर खनाल अर्थमन्त्री हुँदा गरिएको परिपत्रका कारण प्रदेश सदस्यका स्वकीय सचिवहरूको पारिश्रमिक ९ महिनादेखि रोकिएको थियो। मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै उनीहरूले रोकिएको अवधिदेखिको पारिश्रमिक नियमित रूपमा पाउने भएका छन्। मन्त्रिपरिषद्को निर्णयसँगै मन्त्रीबाहेकका प्रदेशसभा सदस्यका ७९ जना स्वकीय सचिवले गत कात्तिक महिनादेखि असार मसान्तसम्मको रोकिएको ९ महिनाको पारिश्रमिक एकमुष्ट रूपमा प्राप्त गर्ने भएका हुन । साथैं उनीहरूको नियुक्ति पनि निरन्तर कायम हुन सक्ने जनाइएको हो ।
अहिले कोशी प्रदेश सभामा ९२ सदस्य छन् । मन्त्रीहरू बाहेकका ७९ सांसदका स्वकीय सचिवले अब एकमुष्ट तलब, सुविधाबापत पाउने रकम पाउनेछन् । प्रदेशसभा सचिवालयका अनुसार प्रतिव्यक्ति ३ लाख १२ हजार रुपैयाँका दरले कुल करिब २ करोड ४६ लाख रुपैयाँ भुक्तानी गरिने छ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष