उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अर्थ मन्त्रालयले उही र उस्तै प्रकारको बदमासीमा एउटा भन्सार कार्यालयका एक दर्जन कर्मचारी निलम्बन गरेको छ भने अर्काे भन्सार कार्यालयका कर्मचारीलाई क्लिन चिट दिएको छ । विभागले मुस्ताङको कोराला नाकाबाट ६४९ वटा बीवाईडीका कार भित्र्याइएको बिषयमा संसदीय छानबिन माग उठिरहँदा अर्थ मन्त्रालय आफैंले गठन गरेको छानबिन आयोगले क्लिन चिट दिएको हो ।

बिज्ञापन

करका दर बढ्ने सूचना चुहिएर जेठ १५ अघि नै जाँचपास गरिएको आशंकामा शसस्त्र प्रहरीले कोराला नाकाबाट छुटेका ती गाडि नियन्त्रणमा लिएको थियो । बीवाईडीको बदमासी २१ जेठ राति ७७४ वटा गाडी नियन्त्रणमा लिएपछि खुल्यो । भन्सार छलीको बीवाईडी प्रकरणमा १२ र १३ जेठ, दुई दिनमा ६४९ वटा गाडी भन्सार जाँचपास गरेको खुलेको छ । बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले पछिल्लो समय चिनियाँ विद्युतीय गाडी बीवाईडी नेपाल भित्र्याउने खास मार्गको रूपमा मुस्ताङको कोरला नाका प्रयोग गर्दै आएको छ । सोही नाकाहुँदै कम्पनीले बजेटको मुखमै १२ र १३ जेठ दुई दिनमा गरी ६४९ वटा बीवाईडी गाडीको भन्सार जाँचपास (कन्साइनमेन्ट) गराएको खुलेको हो । दुई दिनमा यति धेरै गाडीको अस्वाभाविक जाँचपास किन गरियो ? यो बिषयमा संसदीय छानबिन हुनुपर्ने विपक्षी दलहरुले माग गरिरहेका छन् ।

बिज्ञापन

सरकारी निकायबाटै सूचना लिक गराएर अर्बौको भन्सार छली गर्दै कम्पनीले गाडी भित्र्याएको बिषयमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको छ । सोही समितिले  प्रतिवेदनमा समितिले मुस्ताङबाट जाँचपास भएका बीवाईडी कारलाई क्लिनचिट दिएको हो।

यता रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारीसाधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले नाकाका प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारीलाई निलम्बन गरेको छ । जेठ २० गते रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई काठमाडौंस्थित भन्सार विभागमा तानिएको थियो । भन्सार विभागले बीवाईडी ब्रान्डका सयौं विद्युतीय गाडी आगामी आर्थिक वर्षको बजेटमार्फत कर वृद्धि हुने चर्चा चलिरहेका बेला अस्वाभाविक रूपमा भन्सार प्रणालीमा इन्ट्री भएको र केही गाडी भौतिक रूपमा नाकामा नपुग्दै जाँचपास प्रक्रिया सम्पन्न गरिएको भेटिएसँगै भन्सार विभाग स्रोतका अनुसार रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई, अधिकृत ठाकुर गौतम, भन्सार अधिकृत खड्ग बहादुर माझी, कम्प्युटर अधिकृत सबिना अधिकारी, कम्प्युटर अधिकृत प्रकाश पुडासैनी तथा नायब सुब्बा तेजबहादुर बलका अलवा भन्सार अधिकृत बुद्धि चुडाल तथा नासु लोकेन्द्र बम र सुनिल गौतमलाई विभागमा तानेको थियो । सो क्रममा एकै पटक उपसचिवसहित १३ जना कर्मचारी निलम्बनमा परेका हुन । रसुवा भन्सारमा १ उपसचिव,६ जना शाखा अधिकृतको दरबन्दी रहेकोमा १ पद रिक्त नै रहेको थियो । यस्तै त्यहाँ नासु १८ जना ,कम्युटर अपरेटर समेतका कर्मचारी रहेकोमा एकै पटक १३ जना निलम्बनमा परेका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष