अर्थ मन्त्रालयमातहत एकै पटक पाँच सहसचिवको दरबन्दी रिक्त रहेको पाइएको छ । अर्थ मन्त्रालयमा २६ जना सहसचिवको दरबन्दी रहेकोमा मन्त्रालय,मातहतका कार्यालय,निकायमा गरी पाँच सहसचिवको दरबन्दी रिक्त रहेको पाइएको छ ।
बिज्ञापन
गत वैशाख पहिलो साता अर्थबाट पाँच जना सहसचिवहरु आउट भएका थिए । जसमा आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव महेश भट्टराईको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,वित्तीय संघियता समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सेवन्त पोखरले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश,सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखको भूमिका रहेका सहसचिव महेश बराललाई मधेश प्रदेशकै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहमहालेखा नियन्त्रक सुशीला अर्यालको लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको रूपमा सरुवा गरिएको थियो ।
यसरी पाँच जना सहसचिव सरुवा भए पछि अर्थ मन्त्रालय मातहतको सबैभन्दा ठूलो र आकर्षक मानिएको आन्तरिक राजश्व विभाग निमित्तको भरमा चलिरहेको छ । त्यहाँ रमेश अर्याल निमित्त छन् । उनलाई महानिर्देशकको जिम्मेवारी सम्हाल्न भनिए पनि नमानेको अर्थका कर्मचारीहरु बताउँछन् । यस्तै मन्त्रालयकै ९ वटा महाशाखामध्ये २ वटा माहाशाखा प्रमुखविहिन छन् भने तालिम केन्द्र, अलवा राजश्व अनुसन्धान विभागमा समेत सहसचिवकै दरबन्दी भए पनि सो विभाग खारेजी हुने भएका कारण दरबन्दी कटौती हुँदैछ । यता केही मन्त्रालयले संगठन तथा व्यवस्थापन ओएण्डएमको काम टुंगाइसकेको भए पनि अर्थ मन्त्रालयलाई अझैं केही हप्ता लाग्ने बताइएको छ ।





























