राजीनामाको मुडमा शिक्षाका दर्जन उपसचिव

संघीय निजामती सेवा विद्येयकमा ५५ र ३० को प्रावधानको पराकम्प सिंहदरबारभित्र शुरु भएको छ । संघीय निजामती सेवा ऐन नआउँदै शिक्षा तथा खेलकुद मन्त्रालयका थुप्रै कर्मचारीले राजीनामा दिन लागेका छन् । मन्त्रालयका अनुसार उपसचिव तहका ९ जना कर्मचारीहरुले सामूहिक रुपमा राजीनामा दिन लागेका हुन ।

बिज्ञापन

यसरी राजीनामा दिनेमा तीस वर्ष बढी सेवा गरेर यही असार–साउनमा अनिवार्य अवकाशमा जान लागेका उपसचिव तहका कर्मचारीहरु रहेका छन् । ऐन आएमा तीस वर्ष बढीको पेन्सन पाइँदैन, घाटा लाग्छ भनेर डरमा राजीनामा दिन लागेका हुन्,’ स्रोतले भन्यो ।

बिज्ञापन

हाल परामर्शका लागि कानुन मन्त्रालयमा रहेको संघीय निजामती सेवा विद्येयकमा कानुन मन्त्रालयबाटै निजामतीमा ५५ बर्ष उमेर हद र ३० बर्ष सेवा अवधिको प्रावधान हालेर एैन जारी गर्न खोजिएको छ । यसो हुँदा झण्डै १५ हजार कर्मचारी एकै पटक घर जानेछन् । सरकारले अध्यादेशबाटै संघीय निजामती सेवा ऐन ल्याउने र हजारौं कर्मचारीलाई एकै पटक घर पठाउन खोजेको चर्चा र परिचर्चा छ । आगामी साउनदेखि लागू हुनेगरी बजेटमार्फत बढाइएको तलब सुविधा अवकाशमा जाने कर्मचारीलाई पेन्सनमार्फत दिन नपरोस् भन्ने उद्देश्यले असारभित्रै ऐन ल्याउन सरकार लागिपरेको चर्चासँगै शिक्षा मन्त्रालयका एक दर्जन उपसचिवहरु राजीनामाको मुडमा रहेको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष