प्रदेशका १५ प्रतिशत कर्मचारी कटौती

मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्षमा १५ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ ।

बिज्ञापन

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले आगामी वर्ष खर्चमा मितव्ययिता अपनाउनको लागि मन्त्रिपरिषद्को आकार घटाएर नौ सदस्यीय बनाउने र कर्मचारीको संख्या समेत १५ प्रतिशतले कटौती गर्ने बजेटमा उल्लेख गरेका छन् ।

बिज्ञापन

आगामी आर्थिक बर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख बराबरको बजेट प्रस्तुत भएको छ । उक्त खर्चमध्ये चालुतर्फ‍‍‍ १४ अर्ब ६६ करोड र पुँजीगततर्फ २६ अर्ब ४७ करोड विनियोजन गरिएको छ । खर्चको स्रोतमध्ये आन्तरिक राजस्वतर्फ ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँटबापत १२ अर्ब ८३ करोड, वित्तीय समानीकरणबापत ९ अर्ब ४९ करोड ५९ लाख र गत वर्षको नगद मौज्दातबापत ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ अनुमान गरिएको अर्थमन्त्री भट्टराईले बताए ।

यस्तै,सरकारको खर्च कटौतीका लागि मुख्यमन्त्री, मन्त्रीलगायत राजनीतिक पदका व्यक्तिले पाउँदै आएको सुविधा पुनरावलोकन गर्ने उनले बताएका छन्। प्रदेशका कर्मचारीको तलब १० प्रतिशत बढाएको सररकारले आगामी आर्थिक वर्षमा मधेस प्रदेशमा १५ प्रतिशत कर्मचारी कटौती गर्ने कार्यक्रम पनि बजेटमा ल्याएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

सचिवको घुस काण्ड छानबिन गर्न उपसचिवको संयोजकत्वमा समिति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

बिशेष