आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

पूराना दलले खाए,लुटे,सिद्धाए भन्दै उदाएको रास्वपा पार्टी र सो पार्टीका अर्थमन्त्री समेत पछिल्लो समय एक पछि अर्काे विवादमा मुछिएका छन् । सुशासनको नारा लगाएर बनेको सरकारका अर्थमन्त्री स्वर्णिम वाग्ले आफ्नो निर्वाचन क्षेत्रमा झण्डै ४ अर्ब बजेट खन्याएको पाइएको छ ।विगतमा प्रधानमन्त्री प्रचण्ड,शेरबहादुर देउवा,केपी ओली लगायतका शक्ति र सत्तामा भएका प्रधानमन्त्री र मन्त्रीहरुले आ आफ्नै निर्वाचन क्षेत्र र गृह जिल्लामा बजेट खन्याएकै शैलीमा अर्थमन्त्री वाग्लेले समेत चालु आर्थिक बर्षको ठूलो बजेट तनहुँ जिल्लामा खन्याएका हुन । उनले पूर्वाधार विकास मन्त्रालयबाट मात्र झण्डै ४ अर्ब बजेट आफ्नै निर्वाचन क्षेत्रमा लगेको पाइएको हो ।

बिज्ञापन

अर्थमन्त्रीका कुर्सीमा रहेर विनियोजन भएको अर्थ विद्येयकका १६ पेजै गायब,करका दर हेरफेर गरेर विवादमा मुछिएका अर्थमन्त्री बाग्लेले आफ्नो निर्वाचन क्षेत्रमा खुद्रे र साना योजनाहरु गरी झण्डै ४ अर्ब २३ करोडभन्दा बढी रुपैयाँ बजेट जिल्लाका विभिन्न पूर्वाधारका लागि भनेर छुट्याएका छन् । यो भनेको आगामी वर्ष पूर्वाधार मन्त्रालयले पाउने कुल बजेको करिब १ दशमलव ५ प्रतिशत हो ।

बिज्ञापन

आगामी आर्थिक बर्षमा पूर्वाधार विकास मन्त्रालयले ३ खर्ब २ अर्ब ८३ करोड बजेट छुट्टाइएकोमा ४ अर्ब २३ करोड रुपैयाँ बजेट तनहुँमा पुग्नुले देखाउँछ कि अर्थमन्त्री वाग्लेले पनि त्यही गरे, जुन काम विगतमा कांग्रेस, एमाले, माओवादीका मन्त्रीहरुले गर्थे । जस अनुसार,पूर्वाधार विकास मन्त्रालयबाट दमौली–केशवटार–सुखौरा–ढाँडखोला–खहरे बुद्धसिंह सडक स्तरोन्नतिका लागि १५ करोड,सेराटर–रामकोट–तामुङ–तहले–बेलघारी हुँदै छिंकन जोड्ने सडकको लागि १० करोड, बाँके डौडारी मार्गको लागि १० करोड, बेलटारी–मुलपानी–मान्द्रे–भगवतीपानी–तनहुँसर सडकका लागि १० करोड बजेट हालिएको पाइन्छ । यस्तै,आँबुखैरेनी चक्रपथ सडकको लागि १० करोड, बाइस जंघारदेखि थानी थान हुँदै टुहुरे जाने सडक स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरिएको छ। बन्दीपुर बजारको पूर्वाधार सुधार गर्न ३ करोड बजेट छुट्याइएको छ।

झोलुंगे पुलहरुका लागि पुल ७ करोड ७३ लाखसहित साना मोटरेबल पुलहरु बनाउन १० करोड ५६ लाख बजेट तनहुँ लगिएको छ । विभिन्न शहरी तथा ग्रामीण सडकका लागि थप २५ करोड ७० लाख बजेट पनि छ । यस्तै,सुरक्षित आवास कार्यक्रमका लागि तनहुँमा १ करोड ४२ लाख बजेट छ । यस्तै नयाँ आयोजनाका नाममा तनहुँका ३ वटा सडक परेका छन्। तनहुँको आँबुखैरेनी वडा नम्बर ५ र ६, बन्दीपुर ४ र ५ मा पर्ने छिम्केश्वरीदेखि हिलेखर्क हुँदै बाहुन भन्ज्याङ बन्दीपुर जोड्ने सडक कालोपत्रेका लागि ५ करोड विनियोजन रकम छुट्टाइएको छ ।

बिज्ञापन

यस्तै, खैरेनीटार–भिमाद–भुमरीघाट सडक, भिमाद–रामपुर–मित्याल सडक, मुग्लिन पुलदेखि आँबुखैरेनी सडक खण्ड, आँबुखैरेनी–गोरखा घ्याम्पेसाल सडक, डुम्रे–चाम्बास सडक, बेशीशहर–दुदी सडकको लागि ३–३ करोड रुपैयाँ छुट्याइएको छ। यसबाहेक विभिन्न राजमार्ग, सहायक राजमार्ग र रणनीतिक १ अर्ब ३९ करोड बजेट राखिएको छ । पहिरो नियन्त्रणका लागि भन्दै पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी खण्डका लागि ३ करोड ५० लाख, भिमाद–रामपुर सडकका लागि ३ करोड, खैरेनीटार–भिमादका लागि ३ करोड १ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

यस्तै,पृथ्वी राजमार्गदेखि उपल्लोफाँट, छब्बिसे, तामुङ, कुलुङ हुँदै प्रसिद्ध छाब्दी बाराही मन्दिरसम्म करिब १५ किमी जनता मार्ग निर्माणका लागि ५ करोड विनियोजन गरेका छन्। तनहुँको देवघाट गाउँपालिकादेखि कालि करिडोर हुँदै स्याङ्जा जोड्ने ६४ किलोमिटर सडकको तनहुँतर्फ काम गर्न ५ करोड छुट्याएइको छ। यस्तै,स्थानीय सडक पुल निर्माण अन्तर्गत सेती गण्डकी पुल खैरेनीटारका लागि १० लाख रुपैयाँ छुट्याइएको छ। चितवन र तनहुँ जोड्ने घुमाउने घाट त्रिशुली नदी पुलको लागि १ करोड ५० लाख विनियोजन गरेका छन्।
यस्तै,जिपी मार्ग सडक खण्ड कालोपत्रेका लागि ४ करोड बजेट छुट्याइएको छ। हर्कपुर–दुलेगौडा सडकमार्गका लागि ३ करोड बजेट विनियोजन गरिएको पाइन्छ ।
यस्तै,गोर्खा र तनहुँ जोड्न गोप्तिङ गाउँको मर्स्याङ्‍दी नदी पुलका लागि ७० लाख, सत्रसय फाँट तनहुँ र गोर्खा जिल्लाको धुवाकोट जोड्ने पुलको लागि ७० लाख बजेट हालिएको छ । कालीगण्डकीको गडगडी घाटमा पुल निर्माणका लागि ५ करोड बजेट छुट्याइएको छ। तनहुँ नवलपरासी जोड्न कालीगण्डकी–सुन्धारा–रोकुवा पुलको लागि १५ लाख बजेट विनियोजन भएको छ। पाल्पा र तनहुँ जोड्न पुट्यारघाटमा कालीगण्डकी नदी मोटरेवल पुलका लागि ३० लाख बजेट छुट्याइएको छ। तनहुँ र कास्की जोड्नको लागि कोत्रे बजारमा मोटरेवल पुलका लागि ७० लाख बजेट रहेको छ। ब्यास नगरपालिका ५ चिन्तुटाको मादी नदीमा पुल निर्माणका लागि ५० लाख बजेट विनियोजन गरिएको छ। लमजुङ र तनहुँ जोड्ने पाउदीखोला छत्रे पुल चोकका लागि १५ लाख बजेट छुट्याइएको छ। यस्का अलवासडक स्तरोन्नतिका लागि सडक विभाग अन्र्तगत १ अर्ब ७८ करोड बजेट तनहुँमा हालिएको छ ।

उसो त अर्थमन्त्री वाग्ले आफैंले अध्ययन गरेको बुढानिलकण्ठ स्कुललाई १५ करोड रुपैयाँ अनुदान दिएका छन् । नियमित अनुदानबाहेक उक्त स्कूललाई मन्त्री वाग्लेले थप १५ करोड ५० लाख रुपैयाँ अनुदान दिएको पाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

४० हजार घुससहित पक्राउ परे नासु

बिशेष