फरारको सूचीमा आठ इन्स्योरेन्सका सिइओ

धितोपत्र कारोबार र बीमा क्षेत्रसँग सम्बन्धित विभिन्न आरोपमा व्यवसायी दीपक भट्टलगायत १२३ जनाविरुद्ध मुद्दा दायर गरिँदा एकै पटक ८ जना प्रमुख कार्यकारी अधिकृत अर्थात सिइओहरु निलम्बनमा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानपछि जिल्ला अदालत काठमाडौं र विशेष अदालतमा छुट्टाछुट्टै अभियोग लगेसँगै विभिन्न इन्स्योरेन्स तथा माइक्रो इन्स्योरेन्सका गरी आठ जना प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरु निलम्बनमा परेका हुन ।
जिल्ला अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा बीमा ऐन, २०७९ अन्तर्गत आर्थिक हिनामिना तथा अनियमितता गरेको आरोपमा व्यवसायीहरु शेखर गोल्छा,सुलभ अग्रवालसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षहरू शरद ओझा र मदन दाहाललाईसमेत प्रतिवादी बनाइएको अभियोगपत्रमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग सम्बन्धित प्रकरणमा गोल्छासहित १० जनाविरुद्ध दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ बिगो मागदाबी गरिएको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित मुद्दामा अध्यक्ष आशिष श्रेष्ठसहित नौ जनाविरुद्ध १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ बिगो, भृकुटी ब्रोकिङ कम्पनीसँग सम्बन्धित प्रकरणमा सन्दीप चाचान अग्रवाल, सुधा कर्ण, राजिव ठाकुर तथा सुलभ अग्रवालविरुद्ध तीन अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ बिगो माग गरिएको छ।

बिज्ञापन

भट्टसँग दुई अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ बिगो दाबी गरिएको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको अर्को मुद्दामा ८१ जनालाई प्रतिवादी बनाइएको मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर गरिएको छ। यो प्रकरणमा हिमालयन लाइफ इन्स्योरेन्सका सिइओ कपिलकुमार दाहाल,नेपाल रिइन्स्योरेन्सका सीईओ सुरेन्द्र थापा, हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेललाई प्रतिवादी बनाएर मुद्धा लगिएको छ । उनीहरुलाई फरारको सूचीमा राखिएको छ ।
यस्तै,लिबर्टी माइक्रो लाइफका सीईओ रामकुमार यादव र क्रेष्ट माइक्रोका सीईओ प्रतापमान श्रेष्ठ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश कुमार रोका, गार्डियन माइक्रो लाइफका सीईओ चिरायू भण्डारी र नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्रनाथ रिमाललाई समेत प्रतिवादी बनाइएको छ । उनीहरु सबैलाई फरारको सूचीमा राखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

नेपाल टेलिकमको खरिदमा विदेश भ्रमणको खेल: हवाई टिकट, होटल र भत्तामा लाखौँ खर्चको हिसाब खोजियो

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

बिशेष