करका दर हेरफेर : मन्त्रीले लगाए कर्मचारीलाई दोष

अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीले गरेको गल्तीको स्वामित्व आफूले लिएको बताएका छन् । संसदमा प्रस्तुत गरिएको आर्थिक विधेयकमा देखिएका त्रुटि विधिसम्मत तरिकाले संशोधन भएको जिकिर गर्दै उनले कर्मचारीको तहबाट भएका मानवीय त्रुटिको जिम्मेवारी आफूले लिएको उनले प्रष्ट पारे ।
आज लेखा समितिमा भएको छलफलका क्रममा प्रष्टीकरण दिँदै उनले अघिल्लो बर्षमात्र ७३ वटा भन्सार दर फेरिएको दावी गरे । यस पटक एउटा मात्र भन्सार दर फेरिएको बताए । यस्तो छ अर्थमन्त्री वाग्लेको प्रष्टीकरण

बिज्ञापन

जेठ १५ गते बजेट वक्तव्यमार्फत आयव्यको अनुमान पेश गरेलगत्तै मैले अर्थ विधेयक टेबल गरेँ । १५ गते कर्मचारी साथीहरु धेरै सुत्नु पनि भएको थिएन । बिहान ५ बजेसम्म यो पुस्तिकाको तयारीका लागि जुट्नुभएको थियो । १६ गते शनिबार भयो । १७ गते हतारमा काम गर्दा सामान्य त्रुटि भएको पत्ता लागेपछि कर्मचारी साथीहरु मकहाँ आउनुभयो । केही त्रुटि भएका रहेछन्, सच्याउँ भन्ने आग्रह गर्नुभयो ।

बिज्ञापन

यस्तो प्रचलन छ त ? भन्दा पोहोर साल मात्रै ७३ वटा भन्सार दर नै फेरिएको उहाँहरुले सम्झाउनुभयो । यसपाली त एउटा मात्रै हो भन्सार दर फेरिएको । एउटा शुल्क छ र ३–४ वटा विषय अलि अस्पष्ट भयो भनेर सच्याइएको छ । शिक्षामा गरिएको खर्चलाई कर करकट्टि गर्ने कुरा बहसमा आएको थियो, तर आर्थिक विधेययमा छुटेको रहेछ । त्यो मिलाइयो ।

भन्सार दरको हकमा चाहिँ एउटा मात्रै चेन्ज गरिएको के हो भने, प्लास्टिक वा कपडाले बेरिएको सुटकेसलाई ३० प्रतिशत भन्सार लगाइरहेका रहेछौं । स्वाथ्यकर्मी साथीहरुबाट ज्यान जोगाउने भ्याक्सिन र रगत बोक्ने क्यारिअर पनि त्यही वर्गिकरणमा पर्दा अन्याय भयो भन्ने कुरा आयोउ । लाइफ सेभिङ मटेरियललाई छुट्याएर कम भन्सार लगाउँ भनेर साथीहरुले इमान्दारपूर्वक त्यसलाई निकाल्नुभयो । रगत र भ्याक्सिन बोक्ने क्यारिअरलाई १५ प्रतिशतमा झारियो । राजद्रोह त होइन त्यो । देशद्रोह त पक्कै होइन । निकाल्न त यता निकालियो, तर गल्तिले प्लास्टिकको क्याटेगोरी सिंगैलाई १५ प्रतिशतमा झारिएछ । त्यो गर्न खोजिएको त थिएन । त्यसैले १५ मा भारिएकालाई ३० नै बनाउँ भन्नेर सच्याइएको हो ।

बिज्ञापन

अर्को शुल्कको कुरा छ । यत्रो इभीको कुरा गरियो । ५० लाखसम्मको गाडीलाई बिलासी नमानौं भन्ने कुरा भएको थियो । हुनलाई नेपालमा ५० लाखको गाडी चढ्ने पनि उच्च वर्गकै मानिएला । तर ‘एस्पिरेसनल सोसाइटी’को चित्रण गरिरहेको छ रास्वपाले, ५० लाखमुनिलाई सकेसम्म यथावत मूल्य गरौं भन्ने थियो ।

त्यसअनुसार सडक विकास शुल्क ५ को साटो २ दशमलव ५ गरौं भनेर फुटनोटमा लेखिसकिएको थियो । अर्थका साथीहरुले द्रस्टव्य भनेर ५० लाखसम्मको गाडीका लागि २ दशमलव ५ लाख मात्रै शुल्क लाग्छ शुल्क भनेर लेखेका थिए । तर त्यो कुरा कानूनमा जाने क्रममा बिहान ४–५ बजेसम्म काम गर्दा छुट्यो । पत्ता लागेपछि तुरुन्तै सच्याइयो । इभी सस्तो बनाउनका लागि गरिएको हो । भएको यत्ति हो । अर्थमन्त्रीले टाइप गरेर बिगारेको होइन । तर म नेता हो । कर्मचारीले गरेको गल्तिलाई मैले स्वामित्व लिनुपर्छ भनेर सच्याउन पहल लिउँ । विधिसम्मत हिसाबले जेठ १७ गते संसद सचिवालयका महासचिवलाई पत्र पठाएर जानकारी गराएँ ।

तपाईंहरुले प्राप्त गरेको किताबमा यसरी सच्याएको पाना आएको हुनुपर्छ । बाँकी दुनियाँले मैले लेखेर दिएपछि थाहा पायो । अर्थमन्त्रीले कुटुकुटु कर फेरिरहेको छ भनेर अतिरञ्जना र अफवाह सुरु गरे । तिललाई पहाड बनाएर दशकौंदेखिको छविलाई धमिल्याउने दुष्प्रयास भएको छ । यसप्रति खेद व्यक्त गर्छु ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती प्रशासनको ढाड भाँच्ने तयारी: २०४९ को इतिहास दोहोरिने संकेत

करका दर हेरफेर : मन्त्रीले लगाए कर्मचारीलाई दोष

‘दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु’

सरकारी गाडी चोरेर लुकाउने चोर फेला

आयातित सवारीमा २० प्रतिशतसम्म राजश्व हिनामिना,उच्चस्तरीय छानबिन समिति बनाउन माग

भिजिट भिसामा जोडिएका अधिकृत नेपाल सामान्य प्रशासनमा, सरुवा आतंकको आरोप

लालपुर्जा वितरणमा मालपोत होइन, सीडीओलाई अन्तिम अधिकार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

बिशेष