‘दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु’

अर्थमन्त्री डा स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् । उनले बजेट निर्माणका क्रममा भएका भनिएका त्रुटि र करका दर परिवर्तनका विषयमा कुनै पनि छानबिनको सामना गर्न आफू तयार रहेको बताएका छन् ।

बिज्ञापन

बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले बजेटका १६ पाना गायब भएको वा परिवर्तन गरिएको भनिएको विषयलाई फर्म्याटिङको प्राविधिक समस्या भएको बताए । कोलमको चौडाइमा १–२ मिलिमिटरको हेरफेरले पेज सङ्ख्या तलमाथि भएको तर विषयवस्तु (कन्टेन्ट) मा कुनै फेरबदल नभएको उनको भनाइ थियो। आफूले नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिस लागेका र बदनाम गर्ने प्रयास गरेको उनले जिकिर गरे । उनले भने,सार्वजनिक विधेयक तपाईंहरूको हातमा परिसकेपछि एउटा पनि फुलिस्टप (पूर्णविरा), एउटा पनि कमा परिवर्तन गरिएको छ भने भन्नुस् म कठघरामा उभिन तयार छु ।

बिज्ञापन

मन्त्री वाग्लेले भने- ‘दुई अर्ब होइन दुई रुपैंया बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु ।’ इभीका विषयमा अर्बौ रुपैयाँ बेरुजु लेखेको कारण यो विषय सम्बोधन गर्नै पर्ने थियो। पिक पावरको विकृतिलाई हटाउने गरी कर निर्धारण गरिएको दावी गर्दै उनले विवेकपूर्ण सुधार गरिएको र विकृतिलाई सुधार गर्न मूल्यको आधारमा कर लगाउने व्यवस्था गरिएको जिकिर गरे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती प्रशासनको ढाड भाँच्ने तयारी: २०४९ को इतिहास दोहोरिने संकेत

करका दर हेरफेर : मन्त्रीले लगाए कर्मचारीलाई दोष

‘दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु’

सरकारी गाडी चोरेर लुकाउने चोर फेला

आयातित सवारीमा २० प्रतिशतसम्म राजश्व हिनामिना,उच्चस्तरीय छानबिन समिति बनाउन माग

भिजिट भिसामा जोडिएका अधिकृत नेपाल सामान्य प्रशासनमा, सरुवा आतंकको आरोप

लालपुर्जा वितरणमा मालपोत होइन, सीडीओलाई अन्तिम अधिकार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

बिशेष