धितोपत्र वोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा नियुक्तिका तीनजनाको नाम मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालय

बिज्ञापन

स्रोतका अनुसार,धितोपत्र वोर्ड अध्यक्षका लागि सिफारिस समितिले डा नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दबहादुर क्षेत्री र डा गोपालप्रसाद भट्टलाई अन्तिम चारमा समेटेर सिफारिश गरेकोमा यी चार मध्येबाट धितोपत्र बोर्डकै बहालवाला कार्यकारी निर्देशक विनयदेव आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय मुकुन्दकुमार क्षेत्री र डा गोपालप्रसाद भट्टको नाम सिफारिस भएको छ ।

बिज्ञापन

यस अघिका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले व्यक्तिगत कारण देखाई राजीनामा दिएसँगै बोर्डको नेतृत्व विहिन अवस्थामा सञ्चालन भइरहेको छ । संक्षिप्त सूचीमा परेका आवेदकहरूसँग जेठ ८ गते अर्थ मन्त्रालयमा अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण लिएपछि समितिले अन्तिम तीन जनाको नाम अर्थ मन्त्रालयमा पठाएको हो । जसमा डा नवराज अधिकारीको नाम काटेर तीना जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

सिफारिस गरिएका नामहरूमध्येबाट एक जनालाई आजै अध्यक्ष नियुक्ति गर्न सम्भवना रहेको स्रोतको भनाई छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष