कर्मचारीको तलब बढ्ने पक्का : प्रस्ताव २७ देखि ५७ प्रतिशत,बढ्नसक्छ १० देखि १५ प्रतिशत

तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढ्ने निश्चित भएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ले सरकारी कर्मचारीको तलब बढाउन सकरात्मक रहेको बुझिएको छ । स्रोतको दवाबका बीच अर्थमन्त्री वाग्ले कर्मचारीको तलब बढाउन सकरात्मक रहेका हुन ।

बिज्ञापन

तलब पुनरावलोकन समितिले निजामती सेवाका सबैभन्दा तल्ला तहका कर्मचारीको तलब करिब २७ प्रतिशतले र मुख्यसचिवको तलब ५६ दशमलव ७१ प्रतिशत बढाउन प्रस्ताव गरेको छ । समितिले कार्यालय सहयोगीको तलब कम्तिमा ३५ हजार कायम गर्न प्रस्ताव गरेको हो । हाल कार्यालय सहयोगीको तलब २४ हजार ७०२ रुपैंया रहेको छ । यसमा दुई ग्रेड जोड्दा कार्यालय सहयोगीको हातमा २६ हजार ३४८ पुग्छ । तलब पुनरावलोकन समितिले कार्यालय सहयोगीको शुरु तलब ३५ हजार बनाउन सिफारिस गरेको छ । यस्तै मुख्य सचिवको शुरु तलब ७७ हजार २११,ग्रेड जोड्दा ८२ हजार ३५९ पुग्छ । सो समितिले मुख्य सचिवको तलब करिब ४४ हजारले बढाउन सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन स्रोतका अनुसार तलब पुनरावलोकन समितिले कार्यालय सहयोगीको तलब ३५ हजार र मुख्य सचिवको तलब बढाएर १ लाख २१ हजार बनाउन सिफारिस गरिएको हो ।सोही अनुपातमा नासु,अधिकृत,उपसचिव,सहसचिव तहका कर्मचारीको तलब बृद्धिका लागि सिफारिस समितिले प्रस्ताव गरेको जनाइएको छ । निजामती कर्मचारीहरुको तलब पुनरावलोकन समितिले तलब पुनरावलोकनसहितका प्रस्ताव सरकारलाई बुझाइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पृष्टि गरेको छ । मुख्य सचिव सुमनराज अर्यालको नेतृत्वमा रहेको समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल सदस्य रहेको समितिले तलब पुनरावलोकनको प्रस्ताव सरकारलाई बुझाइसकेको हो । समितिको बैठकले तलब बृद्धिको प्रस्ताव तयार पारेर सरकारलाई बुझाएको हो ।

बिज्ञापन

कर्मचारीको तलब हरेक दुई–दुई वर्षमा पुनरावलोकन गर्ने कानुनी प्रावधान छ । निजामती सेवा ऐन २०४९ को दफा २७ अनुसार मुख्यसचिवको अध्यक्षतामा अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने तलब–भत्ता पुनरावलोकन समिति रहन्छ । यसले प्रत्येक दुई–दुई वर्षमा तलब पुनरावलोकन गरी सरकारलाई सिफारिस गर्छ । निजामती कर्मचारीको तलब चार बर्ष यता बढ्न सकेको छैन । नयाँ संविधान जारी भए आर्थिक बर्ष ७३ ७४ मा कर्मचारीहरुको तलब २५ प्रतिशत बृद्धि गरिएको थियो भने त्यस पछिको तीन आर्थिक बर्ष पछि माथिल्ला तहका कर्मचारीको तलब १८ प्रतिशत र तल्ला तहका कर्मचारीको तलब २० प्रतिशतले बृद्धि गरिएको थियो । यस्तै आर्थिक बर्ष ०७९/ ८० कर्मचारीको तलब १५ प्रतिशत वृद्धि भएकोमा गत बर्ष कर्मचारीको मंहगी भत्ता तीन हजारले बढाएर पाँच हजार पुर्याइएको थियो । कर्मचारीको तलब नबढेको चार बर्ष भइसकेका कारण यस आर्थिक बर्षमा तलब बृद्धि हुनेमा राष्ट्रसेवकहरु आशावादी देखिएका छन् ।

गत बिहीबार अर्थसमितिको बैठकमा अर्थविदहरुले कर्मचारीको तलब २५ प्रतिशतसम्म वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका थिए । अर्थका उच्च प्रशासकहरुका अनुसार,कर्मचारीको तलब बढ्ने निश्चित भए पनि कति प्रतिशत वा अनुपातमा बढ्छ भन्ने अझैं टुगिएको छैन । तर २०७९/ ८० मा गरिएको वृद्धिदरभन्दा कम हुँदैन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको समयमा चार बर्ष अगाडि राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले बढाएका थिए । अर्थ मन्त्रालयले पनि कर्मचारीको तलब १० प्रतिशतदेखि माथि १५ प्रतिशतसम्म बढाउने तयारी गरिरहेको जनाइएको छ ।हाल कार्यालय सहयोगीको तुलनामा मुख्यसचिवले २ दशमलव ९२ गुणा बढी तलब बढी बुझ्दै आएका छन् । कतिपयले अनुपातमा बढाउनु पर्ने र कतिले समान रुपमा बढाउनुपर्ने राय दिँदै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी ट्रेड युनियनका नेताहरुलाई गृहजिल्लामै खटाउने गृहकार्य

रसुवामा ४३ हजार अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ

कर्मचारीको तलब बढ्ने पक्का : प्रस्ताव २७ देखि ५७ प्रतिशत,बढ्नसक्छ १० देखि १५ प्रतिशत

अपरान्ह क्याविनेट बैठक,धितोपत्र वोर्ड अध्यक्ष नियुक्तिको सम्भावना

साढे ११ हजार अस्थायी दरबन्दी पुनरावलोकन गरिँदै

सीमा विवाद सामाधान गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा समिति

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

बिशेष