अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई अतिरिक्त समय काममा खटाएको खण्डमा प्रचलित व्यवस्थाअनुसार अतिरिक्त पारिश्रमिक दिनुपर्ने व्यवस्था गरिएको छ।शुक्रबार नेपाल बैंकर्स संघका अध्यक्ष सहितका पदाधिकारीलाई गभर्नर डा विश्वनाथ पौडेलले बोलाएर छलफल लगतै केन्द्रीय बैंकले परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको हो ।

बिज्ञापन

केन्द्रीय बैंकले एकीकृत निर्देशन परिमार्जन गर्दै अबदेखि कुनै पनि कर्मचारीलाई कार्यालय समयभन्दा अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने व्यवस्था गरेको छ। नयाँ निर्देशन अनुसार, इजाजतपत्रप्राप्त संस्थाहरूले आफ्ना कर्मचारीलाई प्रचलित श्रम कानुन तथा राष्ट्र बैंकको निर्देशन नम्बर १४ को बुँदा नम्बर ३ को परिधिभित्र रहेर मात्र काममा लगाउनु पर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

बिज्ञापन

यसअघि व्यवस्था नहुँदा बैंकका कर्मचारीहरूले अबेरसम्म काम गर्नुपर्ने तर उचित पारिश्रमिक नपाउने गुनासो बढिरहेका बेला राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो । कार्यालय समयभन्दा अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्था र श्रम ऐन बमोजिम अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

बिज्ञापन

यस्तै बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयभन्दा बढी समय काम गर्न ‘बाध्य’ पार्न नपाउने व्यवस्था समेत गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको कार्यसमय र पारिश्रमिकका सम्बन्धमा नयाँ निर्देशन दिएको हो ।

कर्मचारीको सहमति र कानुन सम्मत प्रक्रियाबाट मात्र अतिरिक्त काम लगाउन सकिने निर्देशनमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

८४ नायब सुब्बाको सरुवा : २० को गृहमा इन्ट्री,२६ पुगे भूमि व्यवस्था तथा अभिलेख विभाग

डिभोर्सको रिपोर्ट बनाउन १० हजार घुस

अधिकृत १५ हजार घुस लिँदा लिँदै पक्राउ

दुई सचिवको सरुवा

अब सरकारी सफ्टवेयर सरकारले नै बनाउने

सञ्चार सचिवमा राजेन्द्र पौडेल

यता प्राविधिक सचिवको दरबन्दी कटौती,उता काटियो प्रशासनको

सुदूरपश्चिम शयरमा मन्त्री रावल : सुन्नेछिन सहकारीदेखि भूमिहीनका समस्या

बिशेष