लोकसेवामा राजनीतिक भागवण्डामा सदस्य नियुक्ति

प्रदेश लोकसेवा आयोगमा राजनीतिक भागबण्डाका आधारमा सदस्य नियुक्त गरिएको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार प्रदेश लोकसेवा आयोगमा दुई सदस्य नियुक्त गरेका छन् । यसरी दुई सदस्य नियुक्ति गर्दा नेकपा र नेपाली काँग्रेसका दुई जनाले नियुक्ति पाएका हुन ।

बिज्ञापन

आयोगको रिक्त दुई सदस्य पदमा भीमबहादुर फुदुङ लिम्बु र रमा थापालाई नियुक्त गरिएको छ। प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिस एवं प्रदेश लोकसेवा ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम प्रदेश लोकसेवा आयोगको सदस्यमा पदमा विराटनगर–३, मोरङकी रूपा थापा ओझा र उर्लाबारी–५, मोरङका भीमबहादुर सुब्बा (फुदोङ) लाई नियुक्त गरेका हुन् ।नवनियुक्त सदस्यमध्ये लिम्बु नेकपा (माओवादी केन्द्र) निकटका हुन् भने थापा नेपाली कांग्रेस निकट हुन्।

बिज्ञापन

आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनियुक्त सदस्यलाई बिहीबारै पद तथा गोपनीयताको शपथ गराएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा दुई जना मुख्यसचिव,अवकाशमा गएका सचिवहरु जिम्मेवारीमै

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपालीलाई शहीद घोषणा गर्ने सरकारको तयारी

कार्यालय सहयोगीदेखि अधिकृत तहका ४९ कर्मचारी बर्खास्त

खरिपाटी होल्डिङ सेन्टरमा ६ मन्त्रीको लर्काे

बालेन सरकारको ‘गभर्नेन्स इन्जिनियर’को सरुवा- नियुक्ति र निजामती विद्येयकको ‘कनेक्सन’

रहेनन् पूर्व गृहसचिव पोखरेल

प्रधानमन्त्रीको सल्लाहकारद्धारा मुख्यसचिवको बिदाइ,दिन खोजेको सन्देश के हो ?

बिशेष