सेवोन अध्यक्षका लागि चार जना सर्टलिष्टमा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढेको छ । सिफारिस समितिले पूर्णता पाएसँगै चार जनाको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।

बिज्ञापन

अर्थ मन्त्रालय, सिंहदरबारमा बसेको अध्यक्ष छनोट सिफारिस समितिले प्राप्त ४७ जनाको आवेदनबाट चार जनाको नाम संक्षिप्त सूचीमा समावेश गरिएको हो । समितिले सार्वजनिक गरे अनुसार डा नवराज अधिकारी,विनयदेव आचार्य,मुकुन्दकुमार क्षेत्री र गोपालभट्ट सर्ट लिष्टमा परेका छन् ।

बिज्ञापन

यसरी सर्टलिष्टमा परेका मध्ये अधिकारी सेवोनकै पूर्व कार्यकारी निर्देशक हुन भने आचार्य पनि सोही संस्थाका पूर्व कार्यकारी निर्देशक हुन । यस्तै क्षेत्री र भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन । भट्ट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टका दाजु हुन । उनले आवेदन दिएपछि गुणाकरले संयोजकबाट राजीनामा दिएका थिए । भट्टले राजीनामा दिएसँगै सिफारिस समितिको संयोजकको जिम्मेवारी प्रा डा सञ्चय आचार्यलाई दिइएको छ । आचार्य राष्ट्रिय योजना आयोगका सदस्य हुन । सो समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्याय र विज्ञको रुपमा पूर्व बैंकर भुवन कुमार दाहाल रहेका छन् ।
सिफारिस समितिले पूर्णता पाएसँगै अब अध्यक्ष छनोट प्रक्रिया समेत अघि बढ्ने भएको छ । समितिको बैठक सम्भवत भोलि नै बस्ने जनाइएको छ । समितिले अधिकारीसँग ०८३ साल जेठ ८ गते दिउँसो १ बजे, विनयदेवसँग सोही दिनको साढे एक बजे, मुकुन्द कुमार क्षेत्रीसँग २ बजे र डा गोपालप्रसाद भट्टसँग २ ३० बजे छलफल गर्ने जनाएको छ । छलफल अर्थ मन्त्रालय, सिंहदरबारमै सञ्चालन गरिनेछ ।

सिफारिस समितिले अन्तर्वार्ताका आधारमा तीन जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा पठाउनेछ । त्यसपछि मन्त्रीपरिषद्ले त्यसमध्ये कुनै एक जनालाई सेवोन अध्यक्ष नियुक्ति गर्नेछ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्य प्रशासनमन्त्रीको १ सय दिन : निजामती विद्येयकको मस्यौदा तयार पार्नेदेखि सरुवा अनिवार्य अनलाइन प्रणालीसम्म

विपद प्राधिकरणमा निमोठिँदै ‘मेरिटोक्रेसी’

कम्पनी रजिष्ट्रारमा २० कर्मचारीको दरबन्दी कटौती प्रस्ताव

प्रमुख प्रशासकीय अधिकृत,इञ्जिनियर,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

पर्यटन मन्त्रीले गरे ५ संस्थामा २५ जनालाई नियुक्ति

कर्मचारीको उपचार गर्न सिंहदरबारभित्रै निजामती अस्पतालको इकाइ,७ हजार कर्मचारी लाभन्वित

संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त १५ पदमा होला त नियुक्ति ?

६४ करोडको भेप कान्ड : नक्कली प्रज्ञापनपत्र बनाउनेलाई उन्मुक्ति , अनुसन्धान भरियामै रोकियो

बिशेष