उत्तम केसीको नेतृत्वमा कलाकार संघमा नयाँ कार्यसमिति

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । संघको यही जेठ ३ शनिबार सम्पन्न २१ औँ साधारणसभा तथा अधिवेशनमार्फत केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

बिज्ञापन

सविन श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै संघको अध्यक्षमा केसी विजयी भएका हुन् । गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो ।

बिज्ञापन

संघको उपाध्यक्षमा शिवहरी बैरागी र पूजना प्रधान निर्वाचित भएका छन् । महासचिव पदमा सुनिल कटवाल निर्वाचित भएका छन् । सचिव पदमा गोपाल ढकाल कोषाध्यक्षमा तेजुला खतिवडा सहकोषाध्यक्षमा पवन केसी निर्वाचित भएका छन् ।

कार्यसमितिका १० सदस्यमा दमन रुपाखेती, इन्द्रबहादुर लामा ‘खम्बे’, चन्द्रकला राई ‘लब्ली संगम’, छुल्ठिम गुरुङ, नवीनकुमार श्रेष्ठ, जीवन थापा, सुलेमान ‘इकु’, रश्मि भट्ट , चन्द्रकला ‘मोनीका’ दाहाल र श्रीदेव भट्टराई निर्वाचित भएका छन् । नयाँ कार्यसमिति आगामी तीन बर्षका लागि चयन भएको हो । नवनिर्वाचित अध्यक्ष केसीले कलाकारको हकहित, चलचित्रकर्मीको सामाजिक सुरक्षा तथा संघलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष