दाइको आवेदन भाइको राजीनामा,संयोजक तोकिए आचार्य

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिको संयोजकको जिम्मेवारी प्रा डा सञ्चय आचार्यलाई दिइएको छ । आचार्य राष्ट्रिय योजना आयोगका सदस्य हुन । यस अघि संयोजकका जिम्मेवारीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टलाई दिइएकोमा उनका दाई गोपाल भट्टले आवेदन दिएपछि सिफारिस समितिका संयोजक रहेका भट्टले नैतिकताका आधारमा राजीनामा दिएसँगै रिक्त रहेको सो पदमा प्राडा आचार्यलाई जिम्मेवारी दिइएको हो ।

बिज्ञापन

सो समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्याय र विज्ञको रुपमा पूर्व बैंकर भुवन कुमार दाहाल रहेका छन् । अध्यक्षका लागि आह्वान गरिएको प्रस्तावमा ४७ जनाले आवेदन दिएका छन् । अब सिफारिस समितिले त्यस मध्ये पाँच जनालाई सर्ट लिस्ट गरेर अन्तर्वार्ताका लागि बोलाउने छ । सिफारिस समितिले अन्तर्वार्ताका आधारमा तीन जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा पठाउनेछ । त्यसपछि मन्त्रीपरिषद्ले त्यसमध्ये कुनै एक जनालाई सेवोन अध्यक्ष नियुक्ति गर्नेछ ।

बिज्ञापन

सिफारिस समितिले पूर्णता पाएसँगै अब अध्यक्ष छनोट प्रक्रिया समेत अघि बढ्ने भएको छ । समितिको बैठक सम्भवत भोलि नै बस्ने जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दाइको आवेदन भाइको राजीनामा,संयोजक तोकिए आचार्य

३१ सार्वजनिक संस्थान र १ स्थानीय तहले गराएनन् लेखापरीक्षण

३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिङ अपरेसन

तीन मन्त्रालय खाली,चार सचिव कटौती,कार्यालय र कर्मचारीको व्यवस्थापन कसरी ?

मुस्ताङमा २८ करोड बराबरको भेप नियन्त्रण: तस्करी गर्ने सात जना पक्राउ

कोरोला नाकाबाट संगठित तस्करी: सुरक्षा निकाय र कर्मचारीकै मिलेमतोको आशंका

कोरोला नाकाबाट भित्रियो १ लाख २० हजार ‘भेप’ : रविन्द्र दर्नाल सहित तीन जना पक्राउ

निजामती विद्येयकमा पठाइएका सुझाव गायब,बिषयबस्तु सम्बोधनै नगरी पठाइयो अर्थमा

बिशेष