स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एनसेलको मुख्य कार्यालयमा छापा मारेको छ । दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको मुख्यालय,धापासीमा सिआइबीको टोलीले छापा मारेको छ । त्यस क्रममा केही कागजपत्र नियन्त्रणमा लिएको बताइएको छ ।

बिज्ञापन

एनसेल र स्मार्ट सेलवीच भएको कारोबारवारे अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनका आधारमा छापा मारिएको जनाइएको छ ।
सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको मिलेमतोमा लिलाम बिक्री गरिँदा उक्त सम्पत्ति एनसेलले खरिद गरेको थियो । नवीकरण नभई स्वतः सरकारी स्वामित्वमा आएको सम्पत्ति एनसेलले सस्तो मूल्यमा खरिद गरी राज्यलाई हानी पुराएको आरोपमा अनुसन्धान जारी छ ।

बिज्ञापन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ ज्योतीप्रकाश पाण्डेलाई गत मंगलबार राति सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्कबाट पक्राउ गरेको थियो । यसअघि स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पनि पक्राउ परिसकेका छन् ।

यो प्रकरणमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्यातिप्रकाश पाण्डेसमेत पक्राउ परेपछि यसको अनुसन्धान निजी मोबाइल सेवाप्रदायक एनसेलसम्म पुगेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष