पक्राउ परे नेपाल इन्भेस्टमेन्ट बैंकका सीईओ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले केहीबेर अघि उनलाई पक्राउ गरेको हो ।

बिज्ञापन

स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । गैरकानुनीरूपमा सरकारको स्वामित्वको सम्पत्ति अर्को कम्पनीलाई बेच्ने कार्यमा पाण्डेको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको केन्दीय अनुसन्धान व्युरोले जनाएको छ ।

बिज्ञापन

तीन वर्ष अघि नै बन्द भएर सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको अर्बौं अनियमितता प्रकरणमा नेपाल इन्भेष्टमेष्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का सीइओ ज्योती प्रकाश पाण्डेको समेत संग्लनता रहेको खुलेसँगै उनी अनुसन्धानको राडारमा तानिएका थिए । स्मार्ट टेलिकमका तत्कालिन सञ्चालक सर्वेश जोशीलाई पक्राउ गरेसँगै खारेज भइसकेको स्मार्ट टेलिकमको ४ अर्ब ६० करोड रुपैयाँ बराबरको सम्पत्ति हत्याएको प्रकरणमा सतिशलाल आचार्य र पाण्डे सम्पत्ति अनुसन्धानको समेत राडारमा तानिएका हुन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसअघि नै भट्ट, गोल्छा र सुलभ अग्रवाललाई पक्राउ गरेको थियो । गोल्छा अदालतको आदेशमा छुटे पनि अग्रवाल र भट्ट अझै हिरासतमै छन् । यसरी हिरासतमा रहेका विचौलिया दिपक भट्ट र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेबीचको कनेक्सन समेत भेटिएको प्रहरीका अधिकारीहरुले जनाएका छन् । सिइओ पाण्डेको सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा रहेका दिपक भट्टसँग व्यावसायिक साझेदारी रहेको खुलेको छ । स्मरण रहोस यस्तै साझेदारी फेला पर्दा मन्त्री सुदन गुरुङ्गले गृहको कुर्सी महिना दिन नपुग्दै छाड्नु परेको थियो भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक यही प्रकरणमा जोडिएर अहिले अर्थ मन्त्रालयको बरण्डामा थन्किएका छन् । सीईओ पाण्डेकी छोरी एकता पाण्डेको नाममा हिमालयन रि–इन्स्योरेन्सको १ लाख ५० हजार कित्ता सेयर रहेको विवरण भेटिएको छ ।

 रि इन्स्योरेन्स उनै विचौलिया दिपक भट्टको कम्पनी हो । पाण्डेले आर्जन गरेको अकुत रकम हिमालयन रि–इन्स्योरेन्स लगायतका विभिन्न कम्पनीहरूमा आफ्नी छोरीको नाममा सेयर खरिद गरेको भेटिएको छ । यस्का अलवा न्यून आय भएका नागरिकको पहुँचका लागि स्थापित लघु बीमा कम्पनीहरूमा समेत पाण्डेले छोरीको नाममा सेयर राखेको पाइएको छ । पाण्डेको पत्नी कृषि मन्त्रालयका सचिवबाट अवकाश पाएकी हुन । उनको समेत विभिन्न माइक्रो इन्स्योरेन्सको वोर्डमा कार्यरत रहेको खुलेको छ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) अनुसार कुनै ऋणी कम्पनी बन्द भएको, टाट पल्टिएको, वा लामो समयदेखि सञ्चालनमा नरहेको अवस्थामा त्यसको नाममा रहेको कर्जालाई ‘खराब कर्जा’ मानी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान भए पनि स्मार्ट टेलिकमले राज्यलाई कर, रोयल्टी र नवीकरण दस्तुरबापत करिब ३० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ । नवीकरण दस्तुर, फ्रिक्वेन्सी शुल्क र रोयल्टी गरी राज्यलाई बुझाउनुपर्ने रकम नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको दूरसञ्चार सेवा सञ्चालन अनुमति (लाइसेन्स) खारेज गरेको थियो । त्यसलगत्तै प्राधिकरणले कम्पनीको सम्पूर्ण सम्पत्ति र दायित्व आफ्नो नियन्त्रणमा लिने प्रक्रिया अघि बढाउँदै बैंक तथा वित्तीय संस्थामा रहेका स्मार्ट टेलिकमका खाताहरू रोक्का राख्न निर्देशन दिएको थियो ।

बैंकले खराब कर्जाको रुपमा रुपान्तरण गरी शत प्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने र बैंक खाता रोक्का गर्नुपर्नेमा उल्टै टेलिकमको सम्पत्ति लिलामी गरेको हो । नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीले अनियमिततामार्फत कमाएको रकम सोही बैंक र बैंकका कर्मचारी मार्फत परिचालन गर्ने गरेको तथ्य समेत बाहिरिएपछि सीआईबीले बैंकमाथि अनुसन्धान तीव्र पारेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री बालेनले संसदमा जबाफ नदिने,जुधाए मन्त्रिपरिषद्को बैठक

पक्राउ परे नेपाल इन्भेस्टमेन्ट बैंकका सीईओ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री वाग्लेले दिँदै

बीवाइडी आयातमा ठूलो कर छली आशंका: ‘१०० किलोवाटभन्दा कम’ देखाएर अर्बौँ राजश्व छलि

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

लेखा अधिकृतद्धारा श्रीमतीको हत्या

प्रकृति संरक्षण कोषमा अनियमितता छानबिन तीव्र, गाडी फिर्ता गर्न र खटाइएको ठाउँमा हाजिर हुन सतर्कता केन्द्रको निर्देशन

बिशेष