नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेले बैंक छोडे

सरकारी स्वामित्वको स्मार्ट सेलको सम्पत्ति लिलामी प्रकरणमा नाम जोडिएपछि ज्योति प्रकाश पाण्डेले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट बाहिरिएका छन् । बैंक स्रोतका अनुसार उनको कार्यकाल समाप्त हुने चरणमा रहेका बेला नेतृत्व परिवर्तन प्रक्रिया अघि बढाइएको हो ।

बिज्ञापन

बैंकका एक सञ्चालकले पाण्डेको बहिर्गमन पुष्टि गर्दै संस्थाले नयाँ नेतृत्व चयनको तयारी गरिरहेको बताएका छन् । पछिल्लो समय स्मार्ट सेलको सम्पत्ति लिलामीसम्बन्धी विवादमा अनुसन्धान निकायको चासो बढेसँगै पाण्डेमाथि पनि प्रश्न उठेको थियो ।

बिज्ञापन

पाण्डेको बहिर्गमनसँगै हाल डेपुटी सिइओको जिम्मेवारीमा रहेका महेश शर्मा ढकाललाई नयाँ सिइओ बनाउने तयारी बैंकले अघि बढाएको बताइएको छ ।

उता, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदिप अधिकारी सँगको शंकास्पद आर्थिक कारोबार प्रकरणमा मुछिएपछि बैंककी असिस्टेन्ट जनरल मेनेजर जेनु थापाले समेत बैंकबाट बाहिरिएको स्रोतको दाबी छ ।

बिज्ञापन

थापामाथि अधिकारीसँग सम्बन्धित अवैध स्रोतको रकम ‘सेटलमेन्ट’ गर्न भूमिका खेलेको आरोप लाग्दै आएको छ । बैंकभित्र लगातार उच्च तहका अधिकारी विवादमा तानिन थालेपछि संस्थाको आन्तरिक सुशासन र नियमन प्रक्रियामाथि समेत प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

बिशेष