तीन महिनाको काज, तीन वर्षदेखि डा. पोखरेलको ‘राज’

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोष पछिल्लो समय विभिन्न विवादका कारण बदनाम बन्दै गएको छ । कोषभित्र देखिएको बेथिति र कर्मचारी व्यवस्थापनमा हस्तक्षेपका कारण कार्यक्रम निर्देशक डा. चिरञ्जीवी पोखरेल विवादमा तानिएका छन् ।

बिज्ञापन

डा. पोखरेलको दरबन्दी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहे पनि उनी २०८० साल साउनमा तीन महिनाका लागि काजमा कोषमा आएका थिए । तत्कालीन सदस्य सचिव शरदचन्द्र अधिकारीले संरक्षण क्षेत्रको भिजन पेपर तयार गर्ने र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ संशोधनलाई प्रभावकारी बनाउने उद्देश्यले उनलाई काजमा ल्याएका थिए । तर ती काम प्रभावकारी रूपमा अगाडि नबढेको आरोप छ ।

बिज्ञापन

कोषभित्र भने डा. पोखरेलले कर्मचारी प्रशासनमा अत्यधिक हस्तक्षेप गरिरहेको आरोप लाग्दै आएको छ । हाजिरी नियन्त्रण गर्ने, बिदा स्वीकृत गर्ने, कारबाहीमा परेका कर्मचारीलाई भ्रमण आदेश दिने तथा सरुवा भएका कर्मचारीलाई थमौती गर्ने कामसमेत उनले गर्दै आएको कर्मचारीहरूको गुनासो छ ।

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

बिज्ञापन

यस्तै, सरकारले पहुँचका आधारमा प्रयोग भइरहेका सरकारी गाडी फिर्ता गर्ने अभियान चलाइरहेका बेला कोषका केही कर्मचारीले अझै सरकारी गाडी प्रयोग गरिरहेको आरोप लागेको छ ।

कोषका कर्मचारी बिदुरप्रसाद पोखरेल चैत महिनामै बिजनेस डेभलपमेन्ट शाखामा सरुवा भए पनि उनले लेखासम्बन्धी कागजात हस्तान्तरण नगरेको बताइएको छ । सरुवापछि पनि उनले बा २९ च ५१३० नम्बरको कियाको सोनेट गाडी प्रयोग गरिरहेको आरोप छ ।
त्यस्तै वरिष्ठ प्रशासनिक अधिकृत दुर्गाहरी भट्टराईले पनि पिएए २८३२ नम्बरको गाडी प्रयोग गरिरहेको बताइएको छ । नियमअनुसार उनीहरूले सरकारी गाडी सुविधा पाउने अवस्था नरहेको दाबी गरिएको छ ।

यसैबीच वरिष्ठ संरक्षण अधिकृत अम्बिकाप्रसाद खतिवडा र मधु क्षेत्रीलाई चितवन जैविक विविधता केन्द्रमा सरुवा गरिएको थियो । उनीहरूले सरुवाविरुद्ध अदालतमा रिट दायर गरेका थिए । अदालतले खटाइएको ठाउँमा जान निर्देशन दिए पनि उनीहरू हालसम्म कोषमै कार्यरत रहेको स्रोतको दाबी छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषमा अनुगमन, महत्वपूर्ण कागजात नियन्त्रणमा

कोषभित्र भइरहेका यस्ता गतिविधिमा डा. पोखरेलले संरक्षण गरिरहेको आरोपसमेत उठेको छ । यसले राष्ट्रिय प्रकृति संरक्षण कोषभित्रको प्रशासनिक अवस्था थप विवादित बन्दै गएको कर्मचारीहरू बताउँछन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा दुई जना मुख्यसचिव,अवकाशमा गएका सचिवहरु जिम्मेवारीमै

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपालीलाई शहीद घोषणा गर्ने सरकारको तयारी

कार्यालय सहयोगीदेखि अधिकृत तहका ४९ कर्मचारी बर्खास्त

खरिपाटी होल्डिङ सेन्टरमा ६ मन्त्रीको लर्काे

बालेन सरकारको ‘गभर्नेन्स इन्जिनियर’को सरुवा- नियुक्ति र निजामती विद्येयकको ‘कनेक्सन’

रहेनन् पूर्व गृहसचिव पोखरेल

प्रधानमन्त्रीको सल्लाहकारद्धारा मुख्यसचिवको बिदाइ,दिन खोजेको सन्देश के हो ?

बिशेष