बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

रिक्त रहेको बजेट लेखन टिमले पूर्णता पाएको छ । सरकारले २५ जना सहसचिवको सरुवा गर्दा ५ जना सहसचिव अर्थमन्त्रालयबाट बाहिरिएका छन्। यसरी सरुवा हुँदा
आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव महेश भट्टराईको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र शेवन्तक पोखरेललाई मधेश प्रदेशतिर पुर्याइएको छ । पाँच मध्ये दुई सहसचिवहरु आगामी आर्थिक वर्ष २०८३/ ८४ को बजेट लेखन टिममा थिए ।
अर्थ मन्त्रालयले २० चैतमा गठन गरेको समितिबाट सहसचिवद्वय महेश भट्टराई र सेवन्तक पोखरेललाई १० वैशाखमा सरुवामा परेसँगै बजेट लेखन समूह तितर वितर हुन पुगेको थियो ।
अर्थ मन्त्रालयले बजेट लेखन टिममा हालैमात्र भन्सारबाट भित्र्याइएका उपमहानिर्देशक तथा सहसचिव अमृत लम्साल र यस अघि प्रवक्ताको भूमिकामा रहेका टंकप्रसाद पाण्डेयलाई समितिमा नियुक्त गरिएको छ।

बिज्ञापन

समितिको संयोजकमा सहसचिव तथा राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री रहेका छन्। सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा सुमन दाहाल र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

बिशेष